पीडै-पीडासँग पौठेजोरी खेलिरहेका छन् २४० घरपरिवार
मेचीनगर अनलाइन
|
Thursday, June 10, 2010
|
0 comments
"मेरो श्रीमान अशक्त हुनुहुन्छ छोराछोरीलाई पढाउन पर् यो खुवाउनु पर् यो त्यो सव म एक्लैले कसरी गर्ने अरु विकल्प पनि त छैन नि मसँग" भावुक हुँदै मेचीनगर १० काकडभिट्टाकी मनिषा चौधरी नाम परिवर्तन भन्छिन्। त्यसो त मनिषा जस्ता थुप्रैको कथव्यथा उस्तै छ मनिषा लगायतका दिनहुँ आपुनो गुजाराका खातिर भारतबाट लुकिछिपी सामान नेपाल भित्र्याउन गर्छन। रोजगारीको अन्य विकल्प नभएपनि एक छाक खान र एकसरो लगाउनका लागि निकै दुःख कष्ट सहेर सामान ओसार पसार गर्ने गरेकी मनिषा जस्तालाई प्रशासन र हाम्रो नेपाली समाजले पोके तस्करको संज्ञा दिन्छ। तर उनी पोके तस्कर नभएर आपुनो परिवारको जिम्मेवारी एक्लैले बहन गर्न सक्ने एक साहसी महिला हुन्। प्रशासन समाज सवैतिरबाट तिरस्कृति र अपहेलियत यस्तो काम गर्नु उनिहरुको रहर नभएर बाध्यता हो।
मेचीनगर १० स्थित मेचीडाँडा भनेर चिनिने सुकुम्वासी बस्तीमा बस्दै आएका २४० घरधुरीमध्धे अधिकांशको हात-मुख जोर्ने पेशा नै यहि हो। छिटफुट मात्रामा सडकको पेटीमा नाङलोमा डोकोमा ठेलामा वा सडकमा खुद्रा सामान काँक्रा चिया लगायतलाई आफ्नो पेशा बनाएतापनि उनीहरुलाई सन्तुष्टि नभएको खुद्रा पसल गर्ने रोजिना श्रेष्ठ बताउँछिन्। उनि भन्छिन् -"के गर्नु बाबु अरु उपाय छैन भन्दैमा भोकै त मर्ने कुरा भएन नि खानु परिहाल्यो ! अब यहाँको धुलो र धुँवाले ज्यान नै लिन लाग्यो।" समग्रमा भन्नुपर्दा पीडै-पीडासँग पौठेजोरी खेलिरहेका छन् २४० घरपरिवार। विगत नौ वर्षदेखि सामान-ओसारपसार गर्दै आएकी मनिषाको एक छोरा एक छोरी र श्रीमान गरी ४ जनाको परिवारको जिम्मा उनकै काँधमा थुपि्रएको छ। २ वर्षअगाडी गाडी दुर्घटनामा परी अशक्त भएका श्रीमान्को लालनपालन तथा छोराछोरीलाई शिक्षा-दिक्षा उनी युसै पेशाबाट पुर् याउदै आएकी छिन्। २४ वर्षिय मनिषाले भारतीय सीमा सुरक्षा बल र नेपालस्थित सशस्त्र प्रहरीबललाई एक प्रकारले पालीरहेकी छिन् भन्दा फरक नपर्ला। तीन ठाउँमा भारतीय चेकपोष्टमा प्रहरीलाई प्रतिखेत ३०/४० भारतीय रुपैयाँ बुझाउछिन् भने नेपालस्थित सशस्त्र प्रहरीलाई पनि २/३ ठाउँमा २०/३० नेपाली रुपैया प्रतिखेप तिर्दै आएकी छिन्। मनिषाका अनुसार आपुूले यस्तो काम गर्नुपर्दाको पीडा निकै दर्दनाक रहेको बताउँछिन् तर अरु विकल्प नदेखेकी मनिषाले अरु के गरुन् वास्तवमा मनिषा जस्ता तस्कर नभएर जनताकै पैसा खाएर जनताकै सेवामा खटिएका सुरक्षाकर्मीहरु तस्कर हुन जो अरुको बाध्यतासँग खेलबाड गर्छन र उनीहरुमाथि शोषण गर्छन्। समाजमा देखिएका केही ठूला भनाउँदा र ठूला व्यापारीहरु जो अबैध रुपमा भारतबाट नेपाल सामान भित्र्याउँछन् तिनीहरुलाई रोक्ने कोही छैन। धन भनेपछि महादेवका पति त तीन नेत्र भनेझैँ सबै बिकेका छन् वा नेताको आडमा कानून र विधिको शासनको वर्खिलाप गरेका छन् अनि पर्छन निमुखा जनता। मनिषा दुःखी हुँदै भन्छिन् "अरु कुनै उपाए भेट्टाए अहिले नै काम छाडिदिन्छु।" तर मनिषाले अरु काम पाउँदिनन् शिक्षाको हकमा साक्षर मात्र भएकी मनिषालाई कसले अरु काम देला बाँसको चायाले बनेको टाटीले बारेकेा घरमा पानी पर्दा छाता ओड्नु पर्छ तर मनिषाले आपुनो श्रमिानको लालन-पालन छोराछोरीको लागि स्कुलको शुल्क चामलको जोहो नुन तेलको तयारी गर्दागर्दै आपुनो घर चुहेको विसर्िसकेकि छिन्।
सोही बस्तिमा बस्दै आएकी शोभा पाठकको कथा भिन्ने छ। आर्थिक अवस्था कमजोर भएकी शोभा भने आपुनो पढाई खर्च बेहोर्नका लािग यो काम गर्दै आएकी छिन्। काकँडभिट्टास्थित एक सरकारी स्कुलमा कक्षा ९ मा अध्ययनरत १५ वर्षिय शोभा कापी किताव विद्यालयको शुल्क तथा आपुलाई चाहिने दैनिक उपभोग्य सामान जुटाउन यो पेशामा लागेको बताउँछिन्। राष्ट्रले माध्यमिक शिक्षा निःशुल्क भनेपनि यो सर्वसाधारणको पहुँचबाहिर रहेको कुरा यस्ले प्रष्टाउँछ। कहिले काँही बाटोमा साथिहरु भेट हुँदा "तत् सामान पारिबाट ल्याउछेस् भनी प्रश्न गर्दा खिन्न लाग्छ रे !" शोभा मलिन हुँदै भन्छिन्। बाटोमा भेटिएका भारतीय प्रहरी तथा नेपालस्थित सशस्त्र प्रहरीलाई पैसा बाँड्दै हिँड्दा कहिलेकाँही पैसा कम दिएको भन्दै गालि पनि खान्छिन्। प्रायजसो सामान चेकपोष्ट कटाएर पुनः फर्की पैसा तिर्ने गरेको उनको भनाई छ। सामान कटाएपछि पैसा किन दिनुपर् यो र भन्ने प्रश्न भुईमा खस्न नपाउँदै उनी भन्छिन् "भोलि चाँहि हामीले खानु पर्दैन भोलि फेरी हिजो पैसा किन दिइनस् भन्दै सामान जफत गरिदिन्छन् अनि साहुको ऋण कसरी तिर्ने" प्रश्न गर्छिन्।
त्यस्तै २४ वर्षीय कुवेर दाहालको पनि उस्तै समस्या छ। ऐलानी जग्गामा सानो झुपडि बनाएर बस्दै आएका दहाल साधारण लेखपढ गरेपनि रोजगारी नभएका कारण सामान ओसार-पसार गर्दै आएको बताउँछन्। "यो काम गैरकानूनी होइन र ? भन्ने प्रश्नमा "हामीसँग घुस खानु ठूला-ठूलाले ट्रकका-ट्रक सामन ल्याउनु चाहिँ गैरकानूनि नहुने अनि हामी एक छाक खानका लागि सासै जाने गरी साइकलमा दुई चार सयको सामान ल्याउँदा अबैध हुने यो कहाँको नियम हो " भन्दै कड्किन्छन् कुबेर। कुवेरको यो व्यवसाय गर्ने रहर छैन उनको भनाइ अनुसार अन्य कुनै रोजागरीको अवसर पाए अहिले नै यो पेशा छाड्ने बताउँछन्।
सीता थापाको जीवन भने अरुको भन्दा पृथक छ। उनी हिजो पोके तस्करुको नामले चिनिन्थिन् भने आज 'साहुनी' का रुपमा। १९ वर्षसम्म पोका-पोत्यौरा बोक्दै आएकी सीता अहिले ६० वर्ष पुगिसकिन्। उनको शारीरिक अवस्था कमजोर हुँदै गएपछि मेचीनगर १० मा सानो चिया पसल गरेर गुजारा चलाउँदै आएकि छिन्। साँच्चै ने भन्ने हो भने सीता रोजगारीको अवसर नदेखेका अन्य त्यस्ता साथीहरुका लागि प्रेरणाकी स्रोत बनेकी छिन्। सीता भन्छिन् "म पनि पहिला अरु केही काम नभएर सामान ओसारपसार गरेको भन्ठान्थेँ तर त्यो हौयन रहेछ अरु पनि त गर्न सकिँदो रहेछ िन। यी आज मैले अरुको जुठा भाँडा माझ्नु परे पनि कसैको डर दवाब र गाली सहनुपरेको छैन। बरु अन्य सामान ओसार-पसार गर्नेहरुले पनि अन्य कुनै व्यवसाय गरे जिन्दगी राम्रोसँग चल्छ र म यही सल्लाह पनि दिन्छु।"
अबैध रुपमा सामान ओसारपसार गर्नु गलत हो र गलत हो भन्ने जान्दा जान्दै पनि रोजगारीको अन्य विकल्प नदेखेपछि उनीहरु यस्तो व्यवसाय गर्दै आएका छन्। बाध्यताभित्र रुमल्लिएर गैरकानूनि रुपमा काम गर्न विवश बनेकाको विष्यमा स्थानीय होटल व्यवसायी गणेश मैनाली यसो भन्छन् -"यो उनीहरुको बाध्यता हो बाध्यतामा परेपछि मान्छेले के के गर्छ के के ! जब मान्छेको पेटमा भोक जाग्छ ऊ आपुले पाएको रोटी कानूनी हो या गैरकानूनी सोचेर बस्दैन।"

Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed