मेचीनगरको कुचो अब दुबईमा
मेचीनगर अनलाइन
|
Friday, June 11, 2010
|
0 comments
नेपालमा उत्पादित कुचो अमि्रसो दुवई निर्यात हुने भएको छ । धुलावारीस्थित काबेली टेड्सले गत मंगलबार ६ मेट्कि टन कुचो भारतिय स्थलमार्गबाट दुवई पठाएको छ । नेपाल कुचो व्यवसायी संघका अनुसार पहाडी जिल्लाको मुख्य कृषिजन्य उत्पादन कुचो पहिलो चोटी तेस्ो मुलुक पुग्ने भएको हो । व्यवसायी संघका अध्यक्ष खेमराज प्रसाईका अनुसार नेपाली कुचोको मुख्य बजार भारत हो । भारतबाहेक अन्यत्र हाम्रो कुचो जादैनथ्यो । अध्यक्ष प्रसाईले भने पहिलो पटक दुबई पठाउँदा उत्साहित भएका छौँ ।
व्यवसायीहरुका अनुसार पूर्वी पहाडी जिल्लाहरुमा धेरै उत्पादन हुने कुचोको भारतिय मुल्य भारतीय व्यपारिको ईच्छामा निर्भर हुने गरेको छ ।अहिले ६५ प्रतिकेजी भारुमा विकिरहेको कुचो दुबई पुगेपछि राम्रो मूल्य पाइने आशा उनीहरुको छ । भारतीय व्यापारिहरुले मनपरी ढंगले हाम्रो कुचोको मूल्य तोक्छन् अध्यक्ष प्रसाईले भने । दुबईको एउटा कम्पनीले ९ मेट्कि टन कच्चा कुचो नेपालबाट मगाएको थियो । परीक्षणका लागि भनिएको ६ मेट्कि टन मात्रै पठाइएको काबेली टेड्सका प्रोपराइटर कृष्ण खनालले बताए । कुचो उद्योगमा ८ हजार मजदुर
झापा पहाडी भूभागमा उत्पादन हुने कुचोको व्यापार फष्टाउँदै गएको समयमा त्यस क्षेत्रमा काम गर्ने मजदरहरुको संख्या समेत बढ्दै गएको छ ।
मुख्य रुपमा इलाममा उत्पादन हुने कुचो झापा हुँदै भारत जाने हुँदा यसको व्यवस्थित र समायोजन गर्ने काम झापामै हुन्छ । यसरी झापामा गरिने प्रशोधनका निम्ति विभिन्न ठाउँमा गरी ८ हजार बढीको मजदुरी बनेको छ । यसैबाट कमाउने दैनिक १ सय भन्दा माथि र बढी खटेर काम गर्नेको त दैनिक ३ सयको हाराहारीमा आम्दानी हुने बताइन्छ । यद्यपि यस पेशाबाट महिला सन्तुष्ट हुन नसकेको र पारिश्रमिक कम भएको गुनासो गर्दै आएका छन् । महिलाको दाँजोमा पुरुषको काम गाह्रो हुने हुँदा त्यही अनुसार पारिश्रमिक निर्धारण गरिने नेपाल कुचो व्यवसायी संघका अध्यक्ष खेम प्रसाईको भनाई रहेको छ ।
झापामा १५ बढी साना ठूला कुचो उद्योग साचालनमा रहेको र अधिकांश कुचोहरु इलाम पाँचथर धनकुटाबाट झापा आउने प्रसाई बताउँछन् । कुचो उद्योगमा ६० प्रतिशत बढी महिला मजदुर रहेको बताउँदै प्रसाईले यसरी भारत निर्यात हुने कुचो कालउने सुकाउने जस्ता काम झापामै हुँदै आएको बताएका छन् ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed