फ्रुटीमा जुका यो कस्तो पेय पदार्थ
मेचीनगर अनलाइन
|
Saturday, June 12, 2010
|
0 comments
विर्तामोडको एक होटलमा फ्रुटी खाँदै गर्दा त्यसबाट जुका बाहिर निष्किएको छ ।स्थानीय अनारमनी-३ विर्तामोडका विजय केरुङले फ्रुटी खाँदा खाँदै जुका निष्किएको हो ।
विहान करिब ९ बजेतिर विर्तामोड पश्चिम बसस्टेण्डमा अवस्थित चौतारी होटलमा सो फ्रुटी किनेका थिए । होटल साचालिकाले जनाए अनुसार जुकाको बारेमा डिलरमा फोन गर्दा आफूले जुका नहालेको भनी पन्छिन् खोजेको स्वाधीन सम्वादलाई जानकारी दिइन् ।
उता पीडित केरुङका अनुसार फ्रुटी खाएपछि पेट दुख्ने समस्या भएको बताए । बेलुका ७ बजेतिर विर्तामोड स्थित फ्रुटी डिलर अगाडि भेला भएका पत्रकारसँग कुराकानी गर्दै केरुङले आफ्नो स्वास्थ्यको उपचार गरिदिन सम्बन्धी निकायसँग अपिल गरेका छन् । अहिले पीडित स्थानिय व्यवसायी बाणिज्यसंका अध्यक्षसहित झापाको विर्ताामोडमा रहेको उद्योग बाणिज्य संघमा भेला भइरहेको छ । स्रोतका अनुसार भेलामा त्यस्ता फ्रुटीहरुको झापामा प्रतिवन्ध लगाउने बारे छलफल भैरहेको जनाएको छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed