• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मुख्य सडक ६ महिनादेखि अवरुद्ध

विर्तामोड/झापा
विर्तामोडको मुक्तिचोकदेखि भद्रपुर बसस्टेण्डसम्मको निर्माणाधीन बाटो समयमै बन्न नसक्दा सवारी आवागमनमा बाधापुगेको  छ ।
झापाकै व्यस्त सडक भनेर चिनिने भद्रपुर रोड विगत ६ महिनादेखि निर्माणकार्यका कारणले अवरुद्ध बनेको हो । पुरानो बाटोलाई विस्तार गरी नयाँ ४ लेनको बनाइने र कालोपत्रे गरिने भनिएपनि निर्माण कार्यमा ढिलाई हुँदा समग्र विर्तामोडमै यातायात आवागमनमा समस्या सिर्जना भएको छ ।
व्यस्त प्रमुख सडक अवरुद्ध बनेपछि आवागमनमा सरलता ल्याउन पुरानो भद्रपुररोडलाई मर्मत सम्भार गरी विर्ताबजारसम्मको साढे २ किलोमिटर सडकमा कालोपत्रे गरिएको भए पनि साघुँरो सडकका कारण ट्राफिक जामको समस्या भने समाधान हुन सकेको छैन । विर्तामोडदेखि अनारमनी विर्ताबजारसम्मको सडक छोटो समयमै कालोपत्रे गरी आवागमनमा सरलता ल्याउने प्रयास गरिएको हो ।स्थानीय प्रशासन तथा सामुदायिक विकास सञ्चालनार्थ प्राप्त अनुदान रकम मध्ये १२ लाख रुपैयाँ जिल्ला विकास समितिबाट उपलब्ध भएपछि सो सडक निर्माण सम्पन्न गरिएको थियो ।
यता मुक्तिचोकदेखि भद्रपुर बसस्टेण्डसम्मको बाटो विस्तारका क्रममा अवरोध हुँदा विर्तामोडमा ट्राफिक समस्या सिर्जना भएको छ । चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने भनिएता पनि निर्माणकार्य पूरा हुनसकेको छैन । बाटो निर्माणको जिम्मा लिएका जेवी कन्सन्टेन्सीका शेरबहादुर थापाले भने –‘निर्माणकार्य लगभग अन्तिम चरणमा पुगेको छ । अब एकमहिनाभित्र निर्माणकार्य सम्पन्न हुन्छ ।’ सो सडकको निर्माणका लागि ७८ लाख बजेट विनियोजन भइसकेको थापाले हामीलाई जानकारी दिए ।
‘प्रमुख सडक निर्माणमा ढिलाई हुँदा हामीलाई समस्या भएको छ ।’ ट्याक्सी चालक अंकित अग्रवालले भने । बाटो अवरुद्ध बनेपछि भद्रपुर जान निकै समस्या भएको र गाडी पार्किङ गर्न मेत अप्ठ्यारो भएको उनले गुनासो पोखे ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply