अव भने केही हुन्छ कि !
मेचीनगर अनलाइन
|
Friday, June 25, 2010
|
0 comments
@ | पवन पौडेल विर्तामोड, झापा |
कृषि पेशामा आश्रीत नेपालको कुल कृषि उत्पादनको करिब ३८ प्रतिशत सुपारी खेती हो । त्यस मध्ये सबैभन्दा बढी यो खेती झापामा गरिन्छ । तर सुपारी खेती धरासायी बन्दै गएको अवस्थामा यसको संरक्षण र विकास गर्न अत्यन्तै जरुरी भएको सरोकारवालाहरुले ठहर गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाको अगुवाईमा बुधबारेमा भएको सुपारी उत्पादन प्रशोधन र बजार व्यवस्थापन विषयक अन्तरकि्रयामा यस्तो ठहर गरिएको हो ।
उद्योग वाणिज्य संघ झ्ापाका सचिव शैलेश ढुङ्गाना कलकत्ता बन्दरगाह हुँदै शिलछाप भएको सुपारी काँकडभिट्टा आउने, राजस्व तिरेपछि गोदाममा थन्किने अनि दोस्रो बाटो भएर भारत जाने गरेको बताउँछन्। नेपाल सुपारी विकास संस्थाका सचिव नीलकण्ठ तिवारी यसरी आयात हुने सुपारीबाट राजस्व बढ्छ भनेर सरकारले आउन दिने, तर आएको सुपारी कहाँ जान्छ भन्ने वास्ता नगर्ने गरेकोले नेपाली सुपारी उत्पादक किसान तथा नेपाली सुपारीका व्यापारीहरु मर्कामा परेका बताउँछन्। उनका अनुसार बाहुनडाँगी नाका भएर मात्रै राति-राति दिनको पचासौं ट्याक्टरले सुपारी 'सार्ने गरेको र त्यसबाहेक गौरीगन्ज, ज्यामिरेगढी, मेचीनगरबाट पनि गइरहेको छ। नेपाल सुपारी खेती विकास संस्थका तर्फवाट निलकण्ठ तिवारीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा हाल झापामा २ हजार १ सय पाँच हेक्टर क्षेत्रफलमा संगठित सुपारी खेती भइरहेको ४० हजार जनताको सहभागिता रहेको सुपारी खेतीको संभावनासँगै प्रशस्त चुनौती रहेकोले यसको संरक्षण आवश्यक रहेको उल्लेख छ । सुपारी खेतीको विकास गर्न कृषि अनुदान ऋण प्रवाह प्रशासनिक संरचना आयात निरुत्साहित र निर्यात प्रोत्साहित गरिनुपर्ने माग छ । स्मरण रहोस नेपाली सुपारीको प्रमुख बजार भारत नै हो तर इण्डोनेसियाको िसंगापुरे सुपारी भारत हुँदै नेपाल भित्रिने र पुनः भारतमा नै पुगेर व्यवसायिक रुप लिने हुँदा नेपाली सुपारीले बजार लिन नसकेको कृषकहरुको गुनासो छ । उक्त कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव नरेश पोखरेलले आप्नो तर्फबाट सरकालाई झकझकाउने बताएका छन् । यसले झापाली कृषकहरुलाई केही हदसम्म भएपनि सान्तवना मिलेको छ । तर बोलिमा मात्र सिमित हुने तर व्यवहारमा लागू नहुने विगतका अनुभवले गर्दा अझै पनि कृषकहरु पूर्ण रुपमा ढुक्क भने हुन सकेका छैनन् ।

Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed