देशमा विद्यमान रहेको विषम् आर्थिक, राजनीतिक परिस्थितीका कारण विदेशिनुको बाध्यता सबै वर्ग, क्षेत्र, पेशाकर्मी र व्यवसायीहरुमा रहेको छ । विश्वमै चर्चित कथित जनआन्दोलन हुँदाताकाको अवस्थालाई अहिले यहाँ व्याख्या गरेर साध्य छैन । शिक्षक, विद्यार्थी, पत्रकार, व्यापारी, व्यवसायी, कलाकार सबै लाई , आफ्नो मातृभूमी अनि परिवारलाई छोडी विदेसिँदा पोलेको छातीको पिडा, सबैसँग विछोडिँदा भक्कानिएको मुटु लिई दुरदेशमा बस्नु निश्चय नै दुःखदायी हुन्छ । जे भन, जसो गर, जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो भने झैं विदेशको बनावटी र कृतिम वस्तुहरु कदापि यि पिडाका मल्हम बन्न सक्दैनन् । हामिलाई तिनै चरचरी फुटेका हातले भुटेको मकै, डल्लि गाईको मोही र गुन्द्रुकमा जति आत्मीयता हुन्छ पिज्जा र वर्गरहरुमा हुँदैन ।
सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल, ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल भन्ने भनाइलाई चरितार्थ गर्दै प्रतिभा प्रस्फुटन हुन, श्रष्टा जन्मन कुनै विषेश ठाउँ चाहिन्न जस्तोसुकै समस्याको वावजुदपनि त्यो जन्मन्छ । विदेशको व्यस्त जीवनशैली, विल्कुलै अनौठो र नौलो वातावरणमा पनि प्रष्फुटित भएको छ नवोदित गीतकार धर्मेन्द्र खड्काको आधुनिक गीती सँग्रह “उद्गार” । हालसालै बजारमा आएको उदगारका गीतहरु साँच्चै नै मन छुने, सुनिरहाँैं लाग्ने खालका छन् । विगतमा २ वटा गिती संग्रह प्रकाशित गरिसक्नुभएका खड्काले स्कूले जीवनदेखि नै गीत, कथा, कविता, गजल र मुक्तकहरु लेख्दै आउनु भएको हो । उद्गारका सर्जक खड्कासँगको भेटमा खड्काले उद्गार भन्ने कतारबाटै जन्मिएको बताउनु भयो ।
विदेशको बसाईमा भोग्नु परेका पिडा हुन वा आफ्नी पे्रयसीलाई सन्देश दिनुपरेका हुन् वा आफ्नो गीतहरुमा खड्काले शिल्पी कलम चलाएका छन् भने स्वर र संगीतको माधुर्य संयोजनले उद्गारलाई उत्कृष्ट, सुमधुर र सुन्दर बनाएको पाइन्छ । नेपालका ख्यातिप्राप्त कलाकारहरु सत्यराज आचार्य, स्वरुपराज आचार्य, रामकृष्ण ढकाल, जगदीश समाल, दीपक लिम्बु, इन्दिरा जोशी, गोकुल खड्काले उद्गारका मीठा शब्दहरुमा आफ्नो सुमधुर स्वर दिनुभएको छ भने संगीतकारहरुले अत्यन्तै सुमधुर संगीत दिएको पाइन्छ । गीतहरु सरल र मीठा शब्दभावमा कोरीएक छन् । हाल अडियो सिडिमा सर्वत्र पाईँदै आएका उद्गारका केही गीतहरुको भिडियो समेत बनाउन लागेको र सो को छायाँकन कतार र नेपालका केही भागहरुमा हुने खड्काले बताउनु भयो । उनका एल्बममा संग्रहित गीतहरु http://udgaralbum.blogspot.com/ मा सुन्न सकिन्छ ।
विगत सातवर्षदेखि कतारमा कार्यररत खड्का झापा जिल्ला, मेचीनगर १, खयरडाँगी निवासी हुनुहुन्छ । अनेकाँै पिडा, सास्ति र व्यस्तताको वावजुद पनि आफ्नो उद्गार नेपाली सांगीतिक आकाशमा उदाउन पाएकोमा खड्का धेरै प्रशन्न र आशावादी पनि देखिनुहुन्छ् । मेचीनगरअनलाईन– उद्गार मेचीनगर कै उत्पादनभएकोले यसमा रहेका गीतहरु सुनी सुनाई खड्कालाई आगामी दिनमा पनि यस्तै कर्णप्रिय गीतहरु सिर्जना गर्न प्रेरणा दिनलाई सम्पूर्ण संगीतप्रेमी महानुभावहरुलाई अनुरोध गर्दछ साथै उहाँकोे उद्गारले नेपाली सांगितिक जगत्मा ठूलो सफलता हात पार्न सकोस् भन्ने कामना र सफलताको अग्रिम शुभेच्छा समेत व्यक्त गर्दछ । |
hiमेचीनगर अनलाइन membar atiramro chha hajurko site