• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

उनीहरुले हाम्रो घर त खोसे, तर भविष्य खोस्न सकेनन्


                                
@
सुब्रत न्यौपाने, झापा
झापा असार
   शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्र सङघीय उच्च आयोग (युएनएचसीआर) का नेपाल प्रमुख स्टेफेन ज्याकमेटले पुनर्वासमा गएका भुटानी शरणार्थीलाई स्वदेश फिर्तीृको अभियान चलाउन कसैले नरोक्ने बताएका छन् उनले घर फिर्तीको अधिकार उपयोग गर्न भुटानी शरणार्थी स्वतन्त्र रहेको पनि बताए  
     तेस्रोमुलुक गएका भुटानी घर फिर्तीको अभियान चलाउन स्वतन्त्र छन्’, विश्व शरणार्थी दिवसको अवसरमा झापाको कस्थित बेलडागी शिविरमा शुक्रवार आयोजित कार्यक्रममा उनले भने, ‘स्वदेश फिर्ती शरणार्थीको अधिकार हो यसलाई कसैले रोक्न सक्दैन उनले स्वदेश फिर्ती सुनिश्चत नभएकाले शिविरको कष्टकर बसाईबाट मुक्ति दिन शरणार्थीलाई तेस्रोमुलुकमा पुनस्र्थापना गरिएको बताए

  तेस्रोमुलुक पुनर्वास कार्यक्रमले शरणार्थीको भविष्य सुनिश्चत गर्छ भन्नेमा दाता निकाय विश्वस्त छन्’, उनले भने, ‘पुनर्वासमा गएकालाई घर फिर्तीको अभियान चलाउन कुनै रोकावट छैन उनले  अहिलेको अवस्थाबाट मुक्ति पाउनु शरणार्थीका लागि ठूलो कुरा हुने बताए दुईबर्ष अघि पुनर्वास कार्यक्रम शुरु भएयता ३२ हजार एक सय ७६ जना शरणार्थी तेस्रोमुलुक पुगिसकेका छन् तीमध्ये सबैभन्दा धेरै २७ हजार नौ २६ जना अमेरिका पुगेका छन् पुनर्वासमा जान इच्छा गर्ने शरणार्थीको संख्या ८७ हजार आठसय ३० पुगेको
       तथ्याङ्कअनुसार सन् १९६० ताका तिब्बतीयनहरु पहिलो पटक शरणार्थीको रुपमा नेपाल आएका थिए त्यसपछि सन् १९९० को दशकमा भूटानी शरणार्थी नेपाल भित्रिएका हुन् हाल नेपालमा १८ देशका सवालाख मानिस शरणार्थीको रुपमा रहेका छन् विश्वमा डेढ करोड मानिसले कष्टपूर्ण शरणार्थी जीवन विताइरहेको संयुक्त राष्ट्र संघीय उच्चायोगको तथ्याङ्कमा उल्लेख
      शरणार्थीलेउनीहरुले मेरो घर खोसे तर भविष्य खोस्न सकेनन्भन्ने नाराका साथ झापा मोरङ्गका सातवटै शिविरमा ४९   विश्व शरणार्थी दिवस मनाएका हुन् मे २० मा विश्व शरणार्थी दिवस परे पनि आइतबार शिविरमा सञ्चालित संस्थाहरु बन्द हुने कारण सो दिवस शुक्रबार मनाइएको हो   उनीहरुले भुटान सरकारको दमन झल्काउनेक्रुर दमनको पर्दाफासनामक नाटक प्रदर्शन गरेका थिए विश्वमा यो दिवस सन् १९६१ देखि मनाउन थालिए पनि भुटानी शरणार्थीहरुले सन् २००१ देखि मनाउदै आएका छन्





Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply