• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सुनसान बन्दै छ पूर्वको "हंगकंग बजार" धुलाबारी


 @
पवन पौडेल, बिर्तामोड, झापा

हिउँदमा धुलोले ठाक्ने र वर्खा याममा गोरुगाढा पनि हिड्न नसकिने गरी सडकमा पर्ने खाल्टा र हिलो गर्दा धुलाबारी बजारको सुन्दरतामा हाल कमी आएको छ ।

एकताका पूर्वााचलको "हङकङ"बजार भनेर चिनिने धुलाबारी बजार हिजोआज दूर्गन्धित साथै सुनसान बन्दै गइरहेको छ । वि सं २०२० सालतिर फरेन गुड्सकोरुपमा परिचित भएको भद्रपुर बजार नगर घोषित भएपछि कर महंगी र शान्ति सुरक्षामा कमी तथा प्रशासन कार्यालय नजिक भए पनि प्रशासन कार्यालयको आडमा उच्चओहदाका सरकारी कर्मचारीले जथाभावि रुपमा सामान बटुल्ने र व्यापारीहरुसँग पैसा माग्ने सामानको पैसा मागी भए नभएको करको नाममा पैसा असुल्ने जस्ता ठगी प्रवृत्तिका कारण पीडित बन्न पुगेका व्यापारीहरु क्रमशः धुलाबारी छिरेको पुराना व्यापारीहरु बताउँछन् । तत्कालीन सरकारको भारतीय रुपैयाँ नेपाल भित्र्याउने नीति अनुरुप जापान कोरिया लगायतका देशहरुबाट सामान नेपाल ल्याई जुनसुकै तबरले भारतीय बजारमा पठाउने र भारतीय रुपैयाँ नेपाल भित्र्याउने गरिन्थयो । निकै नै चहल पहल र व्यस्त देखिने झापाको विदेशी व्यापारकोरुपमा परिचित धुलाबारीमा भारतको सिक्किम दार्जीलिङ मिरिक खसा्रङ लगायतका क्षेत्रबाट किनमेल गर्न आउने स्थान धुलाबारी बजार आजकल सुनसान बन्दै गएको छ । डेढ दशक अगाडि निकै फस्टाउँदै गएको धुलाबारी बजारमा करिब दुई सय ५० जति स्यार्डस क्यालिटीका वस्तुहरु पाइने पसलहरु छ भने होलसेल पसलहरु आधा दर्जनबढी कि्रयाशिल अवस्थामा छन् । यसरी धुलाबारी बजार समग्ररुपमा हेर्दा पूर्वको नमुना बजार देखिएतापनि विविध समस्याका कारण सुनसान बन्दै गइरहेको छ । समस्याहरुमा जस्तै शान्ति सुरक्षाको कमी जसको कारणले गर्दा हत्या अपहरण विभिन्न राजनीतिक दलको नाममा चन्दा आतंक जस्ता कार्यहरु कि्रयाशील भएको र पसलहरु लुटपाट हुने जस्ता कि्रयाकलाप बढ्ने गरेका छन् । करिब दुईवर्षअघि धुलाबारी प्रख्यात व्यापारी आत्मराम अग्रवालको हत्या र अहिले पसलहरुमा हुने लुटपाटले गर्दा विदेशबाट आउने सामान काठमाडौंबाट आउने सामान धुलाबारीमा नझारी सिधै भारत पढाइने कारणले गर्दा धुलाबारी बजारमा निकै असर पुगेको देखिन्छ ।

साथै नगरपालिकाले लिने करलाई अझ वृद्धि गरेको पसलहरु घटेका कारण धेरै व्यापारीले व्यापार छाड्दै गएको देखिन्छ । बिषेश गरी मुख्य बजार क्षेत्रमा मारवाडी समुदायको बाहुल्यता र व्यापारमा पनि उनिहरुको नै बर्चस्व रहेको छ । शान्ति सुरक्षा र राजनीतिक स्थिरताको सम्भावना नदेखेपनि उनिहरु विस्तारै भारतको सिलिगुडी पलायन हुने क्रम यतिखेर ह्वात्तै बढेर गएको छ । यसरी नै पलायन हुनेक्रम नरोकिने हो भने एकदिन धुलाबारीको त्यो गौरवमय अस्तित्व इतिहास बन्ने निश्चित छ । यो विषयमा बेलैमा सम्बन्धित सरोकारवालाहरुको ध्यान जान नितान्त आवश्यक भइसकेको छ । यसबाट विभिन्न समस्या आइरहेको समयमा धुलाबारीबाट अयन्त्र सरेका व्यवसायीको कारोबार समेत घटनाले राजश्व संकलनमा कमी आउने गरेको छ । धुलाबारीबाट लक्षित गरी दुध तरकारी जस्ता खाद्यान्नको व्यवसायमा कमी र अन्य क्षेत्रबाट धुलाबारी बजारमा आउने मानिसहरुको कमीले गर्दा अन्तरिक आम्दानीमा कमी हुँदै गएको छ ।

यी विभिन्न समस्यालाई निराकरण गर्नका लागि सरकारी स्तरबाट कडा व्यवस्था लागु गर्नु पर्ने तड्कारो आवश्यकता देखिन्छ । शान्ति सुरक्षाको स्थितिलाई मजबुत र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय साथै स्थानीय प्रशासनबाट प्रभावकारी कदम चालिनु पर्दछ । यी कार्यलाई व्यवस्थित गरी नगरक्षेत्रका आम्दानीमा वृद्धि हुने साथै रोजगारीको अवस्था सिर्जना भई धेरै मजदुरहरुले रोजगारी पाइ जीवन निर्वाह गर्न सजिलो भई ग्रामिण क्षेत्रका खाद्यान्न सामाग्रीहरु उचित तरिकाले बजारलाई ग्रामिण क्षेत्रको विकासलाई आर्थिक अवस्था वृद्धि हुदै जाने देखिन्छ र धुलाबारीको " पूर्वको हंगकंग बजार" भन्ने पहिचान रहे सबैलाई फाइदा पुग्ने छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

1 comment

Trackback URL | Comments RSS Feed

  1. Draj Thapa says:

    yup thats true,and its also bcoz of leech politics leadears.....n thanks for the news post of dlb....hope DHULABARI 2ND HONGKONG MARKET OF NEPAL ....BE BACK TO ITS POSITION.....

     

Leave a Reply