सब्जीमण्डी जुवाडेको अखडा
मेचीनगर अनलाइन
|
Sunday, June 20, 2010
|
0 comments
@ | पवन पौडेल, बिर्तामोड, झापा |
बजार राख्ने सोचाइ नै नभएको इटाभट्टा चोकमा व्यवस्थित सब्जीमण्डीको निर्माण भएपनि साचालन हुन नसक्दा जुवाडेको अखडा र गोठकोरुपमा परिवर्तन भएको छ ।
चारवर्षअघि निर्माण सम्पन्न भएको सब्जीमण्डी कुनामा रहेको व्यापारीको गुनासो रहेको छ । मेचीनगर नगरपालिकाद्वारा निर्मित सो सब्जीमण्डीमा तास खेल्दै गरेका गोपालले हास्दै भने -"यहाँ गोप्य छ कसैले पनि देख्दैन त्यसैले यहीँ आएर साथीभाईसँग तास खेल्ने गर्छु ।"सब्जीमण्डीको छेउमा रक्सी पसल समेत रहेकाले जुवाडेको अखडा बनेको हो । सब्जीमण्डीमा सब्जी बजार सर्न नसक्दा इटाभट्टा बजार क्षेत्रमा फोहोर मैला र ढल निकासको समस्या उब्जीएको छ । बजारलाई सार्ने काम भने नगरेको होइन नगरपालिकाले । पायक ठाउँमा सब्जीमण्डी नभएकाले व्यापारीहरु जान चाहदैनन् । Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed