• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

झापामा धरासायी बन्दै छ सुपारी खेती


 @
पवन पौडेल, बिर्तामोड, झापा

अन्नबाली उत्पादन गर्ने महत्वपूर्ण खेतबारी नै सुपारी खेती सुरु गरिनुले पनि किसानमा उत्साह भएको महसुस गर्न सकिन्छ यस खेतीमा श्रम थोरै खर्चनुपर्ने भएकोले पनि यो बालीको विकासले अग्रगति लिएको मान्न सकिन्छ
जिल्लाका बुधबारे,  शनिश्चरे, बाहुनडाँगी, मेचीनगरलगायतका क्षेत्रमा प्रमुख बालीकैरुपमा सुपारी खेती गरिन्छ सुपारी बगानभित्र घुसुवा बाली लगाएर दोहोरो उत्पादनसमेत गर्ने गरेको पाइन्छ उदाहारणकै रुपमा बुधबारे स्थित कञ्चनबारीमा २२ बिगाह क्षेत्रफलमा गरिएको तीनतले खेतीलाई लिन सकिन्छ त्यहाँ सुपारी, नरिवल, कफी लगाय बाली लगाइने गरिएको थियो हाल उक्त खेती नष्ट गरी धानबालीमा परिणत भएको यसो हुनुमा यथोचित बजार व्यस्थापनको अभाव दक्ष जनशक्ति नै मूल कारण रहेको बताइएको सुपारीको बजार भारत नै हो तर इण्डोनेसियाको (सिंगापुरे) सुपारी भारत हुँदै नेपाल भित्रिने पुनः भारतमा नै पुगेर व्यवसायिक रुप लिने हुँदा नेपाली सुपारीले बजार लिन नसकेको कृषकहरुको गुनासो
हाल झापामा सुपारी खेती सम्बन्धी समिति गठन भए पनि सुपारी बजार व्यस्थित गर्न कनुै पहल नगरिएको उनीहरुको गुनासो   जिल्ला कृषि विकास कार्यालय, झापामा जिल्लामा कति सुपारी उत्पादन हुन्छ त्यसको लेखाजोखा नै छैन स्रोतका अनुसार मन्त्रालयसम्म पनि सुपारीसम्बन्धी यथेष्ट विवरण पुर्याइएको छैन किसानको प्रत्यक्ष सरोकारमा ध्यान दिन नचाहने सरकारले किसानको हितमा के काम गर्लान् ? सेवा सुविधा प्रदान नभएपछि किसान सक्षम रहदैनन्
यसरी चिया पछाडिको नगदे बाली सुपारी खेती प्रवद्र्धनमा सरकारले सहयोग गर्नुपर्नेमा सम्बन्धीत व्यवसायीहरुको भनाई उनीहरुले यसको उचित प्रवद्र्धन सकेभने मुलुकमा प्रसस्त आम्दानी गर्न सकिने बताउँदै  तत्काल चासो व्यक्त गर्न व्यक्त गरेका छन् नेपाली सुपारी प्रवद्र्धन गर्ने उद्देश्यले दक्षिण भारतको अवलोकन सकेर आएको, व्यवासयी, कृषक कार्यालय प्रमुखहरुको एक टोलीले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएका हुन् उद्योग वाणिज्य संघ झापाका अध्यक्ष राजेन्द्र घिमिरेले सुपारी प्रशोधनका लागि सरकारले व्यवस्था गरिदिए यहाँका कृषकहरुको जीवनस्तर उक्सने बताए
पत्रकार सम्मेलनमा उनले भने सुपारी खेतीलाई प्रवद्र्धन गरेर व्यवसायीक बनाउन सक्छ उनले अर्काेतर्फ सरकारले चासो नदेखाएको बताए
मेची उद्योग वाणिज्य संघका अध्यक्ष केशवराज पाण्डेले सुपारी खेतीतिर सरकारको दृष्टिकोण जान आवश्यक रहेको बताए उनले यसबाट नेपाली नेपाली कृषकले प्रशस्त आम्दानी गर्न सक्ने दावी समेत गरे पाण्डेले भारतमा दक्ष प्राविधिकले टिस्यु, कल्चर अष्टे«लियन विजक मार्फत पनि सुपारी उत्पादन गरिरहेको बताउँदै यो सबै नेपालमा पनि सम्बभ रहेको खुलासा गरे सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले भारतमा सञ्चालित प्रविधिलाई अगाडि बढाएर लैजान सरकारले सहयोग गर्नुपर्ने बताए
टोलीले दक्षिण भारतको कर्नाटक केरलाको अवलोकन भ्रमण गरेको थियो सुपारीको व्यापार प्रवद्र्धनका लागि सरकारको लघु तथा साना उद्योग विकास कोषको सहयोगमा भ्रमण आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख कृष्णप्रसाद भट्टराईले जानकारी दिए नेपालमा हाल कुल कृषि उत्पादनको करिब ३८ प्रतिशत सुपारी उत्पादन हुने गरेको त्यस मध्ये सबैभन्दा बढी यो खेती झापामा गरिन्छ भने झापामा वार्षिक नौ हजार मेट्रिक सुपारी उत्पादन हुने गरेको
स्थानीय व्यवसायीहरु सुपारी व्यवसायप्रति आकर्षित बन्दै गएका छन्, तर सरकारी निकायबाट उपयुक्त बजेटको व्यवस्था नगरिनु प्राविधिक उपकरणहरु नेपालमा नै नदेखिनुले व्यवसाय नफष्टाएको हो सुपारी किसान सधै परमुखी बन्दै जाँदा ठूलै धनराशी विदेशिने गरेको पाइन्छ भने ड्राइ मेशिनलगायत अन्य औजारहरु किसानमाझ पुग्ने हो भने धेरै कृषक लाभान्वित हुने छँदैन, यता बेरोजगारी समेत हल हुने निश्चित
सुपारी खेतीमा आकर्षण बढ्दै गए पनि सोसम्बन्धी दक्षताको अभावले पीडा थपेको यस खेतीसम्बन्धी कुनै प्रभावकारी तालिमहरु कृषकसम्म पुग्न सकेको छैन त्यसकारण पनि सुपारीमा गुबो कुहिने, फूल झर्ने, कमिला लाग्ने, एक पाटो सुपारी सुक्नेजस्ता रोगले छुटकारा पाउन सकेको छैन सुपारीका खेतीमा वैज्ञानिकीकरणको खाँचो टड्कारो रुपमा खड्किएको सुपारी खेती व्यवसायप्रति कृषि मन्त्रालय सो मातहतका निकायले चासो नराखे यो व्यवसाय धरासायी हुने प्रष्ट स्मरणरहोस, स्थानीय निकायले यस व्यवसायबाट भने राम्रै कर असुल्ने गरेको  छ

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

1 comment

Trackback URL | Comments RSS Feed


  1. really thanks for updating so nice updates

     

Leave a Reply