अविरल वर्षाले मेचीनगर प्रभावित
मेचीनगर अनलाइन
|
Tuesday, June 22, 2010
|
0 comments
@ | पवन पौडेल, बिर्तामोड, झापा |
असार ८ झापा,
सोमबार बेलुकादेखी परेको अविरल वर्षाका कारण मेचीनगर लगायत पूर्वी झापाको तीनओटा गाविस पूर्णरुपमा जलमग्न भएका छन् ।
स्थानीय निन्दा खोलामा आएको बाढीका कारण बाहुनडाँगी ३, मा तटबन्ध भत्कदाँ बाढी गाउँमा पसेको छ । जसकाकारण त्यहाँका हजारौ स्थानीय वासिन्दाहरु प्रभावित बनेका छन् भने कतिको घर नै बगाएको छ । मेचीनगर नगरपालिका पनि पूर्णरुपमा जलमग्न बनेको छ । काँकडभिट्टाको पुरानो भन्सार छेउछाउ, धुलावारी बजार र ईटाभट्टाको भृकुटी रोड, नगरपालिका रोडमा यातायात चल्न सकेका छैनन् ।
मंगलबार विहान स्थानिय प्रशासन मेचीनगर नगरपालिकाका कर्मचारीहरु,एमालेका झापा अध्यक्ष लगायतको टोलीले बाढी प्रभावित क्षेत्रको निरिक्षण गरेको थियो । निरिक्षण पछाडी बाढी रोकिएपछि तट्बन्ध मर्मत गरिने त्यहाँ पुगेका नगरपालिका एकजना कर्मचारीले जानकारी दिए । सो क्षेत्रमा विद्युत आपूर्तिसमेत बन्द भएको छ । पूर्व-पश्चिम राजमार्गको चारआली सडकखण्ड छेउ मै रहेको ट्रान्सफर्मर पड्कदा विद्युत आपूर्ति बन्द भएको हो । बुधबारसम्ममा विद्यूत सहजरुपमा आपूर्ति गरिने नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाले जनाएको छ । विद्युत आपूर्ति बन्द भएपछि मेचीनगरको सचार क्षेत्र, उद्योगधन्दा कलकारखाना पूर्णरुपमा प्रभावित बनेका छन् । बर्षाका कारण मेचीनगर लगायत झापा जिल्लामा पढन-पाठन समेत अबरुद्ध बनेको छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed