• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बाहुनडाँगीमा हात्तिकालागि बार बारियो

हात्ती पीडित क्षेत्रकोरुपमा चिनिएको झापाको पूर्वाेत्तर गाविस बाहुनडाँगीमा विद्युतीय तार घेराबारपछि स्थानीय जनताले राहत महसुस गर्न थालेका छन् ।

नेपाल सरकारको ३० लाख, जिविसको १६ लाख र ३० प्रतिशत स्थानीय उपभोक्ताबाट संकलित जम्मा ६० लाखको बजेटमा सोलार प्यानल विद्युतीय तार घेराबारा सम्पन्न गरिएको समितिका सचिव निरज घिमिरे बताउनु हुन्छ ।

२०३२ सालदेखि हात्ती प्रवेश गर्न थालेको सो गाविसमा जंगली हात्तीले हालसम्म २६ जनाको ज्यान लिएको छ भने झण्डै ३० जना घाइेत भएका छन् । रातैपिच्छे आउने जंगली हात्तीले कृषकहरुले लगाएको धान, मकै, गहुँ, नरिवल, सुपारी, केरा लगायतका अन्नबाली र नगदेबाली नष्ट गर्न्ुका साथै लाखौंको धनमाल क्षति गर्ने गरेको छ । हात्ती आक्रमणको उच्च जोखिममा रहेको सूदूरपूर्वको यो गाविसमा हात्ती नियन्त्रणका लागि मौरी पालन गर्ने ,खोला किनारमा केरा खेती गर्ने, काँडे विरुवा रोप्ने डोरीमा ग्रिज र खोर्सानी दल्ने, टुंसी बनाउने लगायतका दर्जनौ प्रयासहरु भने यसअघि नभएका होइनन् ।

दिनभर नजिकैको भारतीय जंगलमा बस्ने र सम्साझै डेढ–दुईसयको हन्जामा हात्ती नेपाल प्रंवेश गरी धनजनको क्षति गर्दै आएको छ ।

यसरी वर्षैसम्म हात्ति आक्रमणको दोहोरो चपेटामा परेका बाहुनडाँगीबासीलाई विद्युतीय तार घेराबारले केही राहत पुर्याएपनि पूर्णरुपमा यो समस्या समाधान भने भएको छैन । हात्ति समस्या दीर्घकालीन समधानको निम्ति नेपाल भारतबीच समन्वय गरी प्रभावकारी कदम चाल्नु पर्ने आवश्यकता रहेको जानकारहरुको राय रहेको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply