झापाका हजारभन्दा बढी घर डुबानमा
मेचीनगर अनलाइन
|
Thursday, June 24, 2010
|
0 comments
@ | सुब्रत न्यौपाने, झापा |
झापा, ९ असार
अविरल वषर्ापछि सोमबार रातिदेखि आएको बाढीले झापाका हजारभन्दा बढी घर डुबानमा परेका छन् । प्रभावितलाई तत्काल उद्धार गरी विद्यालय र सार्वजनिक भवनमा राख्ने व्यवस्था मिलाइएको छ । वषर्ाका कारण झापाका अधिकांश विद्यालयको पढाइसमेत प्रभावित भएको छ । पोल ढलेपछि केही स्थानमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।
लामो खडेरीपछि सोमबार रातिदेखि पूर्वी भेगमा वषर्ा भएको हो । वषर्ाले सहर-बजार जलमग्न छन् । प्रहरीका अनुसार बिर्तामोड, दमक सुरुंगा भद्रपुर, चन्द्रगढीलगायतका सहर-बजार डुबानमा छन् । स्थानीय नदीनालाको पानी बजारक्षेत्रभित्र पसेपछि अबेर मात्र यहाँका बजार खुलेका थिए ।
स्थानीय देउनिया खोलामा आएको बाढी पसेपछि भुटानी शरणार्थी शिविर गोलधाप प्रभावित भएको छ । त्यहाँका पाँच सय ८५ छाप्रा डुबानमा परेको शरणार्थी शिक्षक तिलक निरौलाले बताए । छाप्रामा बाढी पसेपछि शरणार्थीको खाद्यान्न लत्ताकपडालगायतका सामग्री नष्ट भएका छन् । प्रभावित शरणार्थीलाई स्थानीय विद्यालयमा राखिएको छ ।
हडिया खोलाको बाढीले चन्द्रगढी-३ का १० वटा घर बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बगाएका ती घर कच्ची थिए । बाढीका कारण जिल्लाका थुप्रै घरपरिवार जोखिममा परेको झापाका प्रहरी प्रमुख रवीन्द्र शर्माले बताए । तोपगाछी- ९ सराङपाडामा रहेको बाँध फुटेपछि एक सय ५० परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । बाँध फुट्दा करिब ५० बिघा जमिन बालुवाले पुरेको छ । बाढीले मेचीनगर -३ गिरी गाउँका ४६ घर पूरै डुबानमा छन् ।
मेची नदीमा आएको बाढीपछि निर्माणाधीन मेची पुलको निर्माणकार्य पनि रोकिएको छ । बाढीले पाक्न लागेको धानबाली पनि प्रभावित भएको छ । सयाँै बिघाको वर्षे धानबालीमा बाढीले क्षति पुर्याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ । कन्काई नदीमा आएको बाढीले महाभारा गाविसमा दुई दर्जन घर डुबेका छन् ।
सतासी नदीको बाढीले शिवगञ्ज -२ का ३६ घर डुबानमा परेको जनाइएको छ । सो नदीको बाढीले दूधे-महाभारा सडकखण्डको पुलको दक्षिणतर्फ कटान तीव्र पारेको छ । कटानले यातायात प्रभावित भएको छ । निन्दा खोलाको बाढीले दुवागढी र आसपासका गाउँ डुबानमा परेका छन् । दुवागढी, ज्यामिरगढी र मेचीनगरका ३० घर क्षतिग्रस्त भएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार, सो खोलामा आएको बाढीका कारण मेचीनगर- ७ स्थित सरस्वती टोलका २० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । दुवागढीस्थित फूलवासा नदीको बाढीले नदी किनारका सात घर विस्थापित भएका छन् ।

Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed