बाहुनडाँगीमा मृत हात्ती फेला पर्यो
मेचीनगर अनलाइन
|
Thursday, June 24, 2010
|
0 comments
@ | लक्ष्मी उप्रेती बाहुनडाँगी, झापा |
असार ९, झापा
झापाको पूर्वोत्तर बाहुनडाँगी गाविसमा बुधबार बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । बाहुनडाँगी–२ स्थित आहालडाँगीमा बिहान ४ बजे खोल्सामा स्थानीयवासीले हात्तीको डाँगो छावालाई मृत अवस्थामा फेला पारेका थिए ।
स्थानीयवासीले खबर गरेपछि इलाम वन कार्यालय, सुरुङ्गाको टोली त्यहाँ पुगेको थियो । सहायक वन अधिकृत त्रिभुवन चौधरीका अनुसार करिब ४–५ वर्षकोजस्तो देखिने छावा हृदयघातका कारण मरेको आशङ्का गरिएको छ । चौधरीले भने ‘हात्तीको शरीरमा चोट नभएकाले हृदयघातका कारण मरेको आशङ्का गरिएको हो ।’ मंगलबार राति सो स्थानमा सयौंको संख्यामा जङ्गली हात्ती आएका थिए । हात्तिको प्रकृति मुचुल्का तयार गरी स्थानीयवासीको रोहवरमा सोही स्थानमा खाल्डो खनेर पुरिएको थियो । हात्तीको पुच्छर र खुर वन कार्यालयले लगेको छ । करिव ५/६ इन्च लम्वाई रहेको, सो हात्तीको दाँत भने थिएन ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed