• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बैदेशिक रोजगारमा जाने नेपालीहरुको कहालीलाग्दो आँकडा

काठमाडौं। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा वृद्धि भएको छ।

वैदेशिक रोजगार विभागका अनुसार जेठ महिनामा दैनिक एक हजारभन्दा बढी नेपाली युवा युवती कामको खोजीमा बिदेसिएका छन्। यसअघि यो संख्या दैनिक औसतमा ५ देखि ६ सय थियो।

नेपाली कामदारको मुख्य गन्तव्य मलेसियामा कायमै रहेको छ। जेठमा बिदेसिने कामदारको कुल संख्यामा झण्डै आधा मलेसिया नै गएका छन्। अर्कातिर मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी नभएको अवस्थामा हाल परराष्ट्र मन्त्रालयबाट मात्र पासपोर्ट वितरण गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या घट्ने बताइए पनि बिदेसिनेको संख्या उच्चदरमा वृद्धि भएको छ। वैदेशिक रोजगार विभागका अनुसार जेठ महिनाको संख्या एक महिनामा बिदेसिएका कामदारको संख्यामा हालसम्मकै सबैभन्दा बढी हो। जेठमा ३१ ह्जार ६ सय ३६ विदेशिएका छन्। यो अघिल्लो वर्षको सोही अवधिमा तुलनामा करिब साढे दुई गुणा बढी हो भने यस वर्षको वैशाखको भन्दा धेरै वढी हो। विभागको तथ्यांक अनुसार गत वर्षसोही अवधिमा १२ हजार ७ सय १८ नेपाली कामदार बिदेसिएका थिए भने यस वर्षको वैशाख महिनामा २९ हजार १ सय ४० नेपाली बिदेसिएका थिए। यसरी बिदेसिने कामदार खाडी मुलुक र मलेसिया जाने सबैभन्दा बढी छन्। विभागका अनुसार करिब ९४ प्रतिशत नेपाली खाडी र मलेसियामा काम गर्न जाने गरेका छन्।

यसरी उच्च मात्रामा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा अल्पकालमा मुलुकको अर्थतन्त्रमा सकारात्मक असर पर्ने सरोकारवालाहरुको विश्लेषण छ। बिदेसिनेको संख्यासागै रेमिट्यान्स बढ्ने हुादा देशले भोगिरहेको शोधानान्तर घाटा कम गर्न यसबाट सहयोग मिल्ने अर्थविद्हरुको भनाइ छ। तर श्रम शक्ति बिदेसिनु र रेमिट्यान्समा अर्थतन्त्र निर्भर हुादै जानु दीर्घकालका लागि भने राम्रो नहुने पनि उनीहरुको तर्क छ। मुलुकको कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत हिस्सा रहेको रेमिट्यान्सको हिस्सासमेत बढ्ने विज्ञहरु बताउाछन्। तर सबैभन्दा बढी हिस्सा भएको खाडी र मलेसियाको कमाइ राम्रो नभएकाले कामदार बाहिरिएको अनुपातमा रेमिट्यान्स भित्राउन सकेको छैन। यस्तो अवस्थालाई कम गर्न कोरिया र जापान जस्ता आकर्षक गन्तव्यलाई प्राथमिकता दिनुपर्ने विज्ञहरुको सुझाव छ।

मलेसियाले बंगलादेशबाट कामदार लैजान रोक लगाएकाले केही महिनादेखि नेपालीको माग उच्च दरमा बढेको बताइएको छ। श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईका अनुसार पासपोर्ट अभाव भएको अवस्थामा एजेन्टले 'होल्ड' गरेर राखेको पाटपोर्टको काम तीव्र गतिमा अगाडि बढाएकाले पनि धेरै कामदार बिदेसिएका हुन्।

विभागका अनुसार जेठमा सबैभन्दा बढी कामदार मलेसिया गएका छन्। यस अवधिमा १५ हजार ५ सय ८२ कामदार बिदेसिएका छन्। विभागको तथ्यांकअनुसार चालू आवको पहिलो ११ महिनामा ९८ हजार ५ सय ९ जना मलेसिया गएका छन्। त्यस्तै जेठमा साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स जाने कामदारको संख्या ६ हजार २ सय ६५, ५ हजार १ सय ५० र २ हजार ७ सय ५९ रहेको छ।

गत आ.व. र चालू आवमा बिदेसिएका नेपालीको तथ्यांक

आ.व. ०६५/०६६ ०६६/०६७ परिवर्तन

साउन २३१०० १८४२९ –४६०८

भदौ २५०११ २२७२७ –२२८४

असोज १७३९१ १४४६२ –२९२९

कात्तिक २०५१४ १९५१५ –९९९

मंसिर १८६७८ २४६०५ ५९१८

पुस १७३७८ २६००० ८६२२

माघ १८२७८ २११५८ २८८०

फागुन १७५०० २११५८ ३६५८

चैत १८०९९ २९५५५ ११४५६

वैशाख १११०५ २९१४० १८०३५

जेठ १२७१८ ३१६३६ १८९१८

समाचार श्रोत : www.weeklynepal.com

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply