सभासद्ले सबै रकम पुस्तकालयलाई दिए
मेचीनगर अनलाइन
|
Saturday, July 31, 2010
|
0 comments
काँकडभिट्टा, साउन १५- एमालेका सभासद् अग्नि खरेलले आर्थिक वर्ष २०६६/६७ को सांसद विकास कोषको सबै रकम पुस्तकालय स्थापना, विकास र व्यवस्थापनमा खर्च गरेका छन्। सभासद् खरेलले सांसद विकास कोषको रु १० लाखमध्ये भद्रकाली उच्चमावि चप्रामारी र कोहबरालाई तीनलाख २७ हजार २५०, जनता उच्चमावि गौरादहलाई चारलाख ६७ हजार ५०० र सतासीधाम बहुमुखी क्याम्पस दुधेलाई एकलाख ४० हजार २ सय ५० रुपैयाँ उपभोक्ता समितिमार्फत् प्रदान गरेका हुन्।
झापा जिल्लाका १७ जना सभासद्लाई सरकारले उपलब्ध गराएको सांसद विकास कोषको रु एककरोड ७० लाख खर्च गरिसकेको जिल्ला विकास समिति झापाले जनाएको छ।
सभासद्ले सडक ग्राभेल, नदी नियन्त्रण, कालोपत्रे सडक निर्माण, जातीय उत्थान कार्यक्रम, तटबन्ध, विद्युत् विस्तार, काठेपुल निर्माण, सामुदायिक भवन निर्माण, शिक्षा, पर्यटन, एम्बुलेन्स खरिद तथा खानेपानीमा खर्च गरेका छन्। रासस
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed