• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

झापामा फस्टाउँदै छ यौन व्यवसाय

यौन व्यवसाय सञ्चालन गर्दै आएका झापाका पाँचजना युवतीलाई विर्तामोड प्रहरीले कृषिथोक बजार उत्तरपट्टि रहेको एउटा होटलबाट अस्ति राति पक्राउ गर्यो
अहिले उनीहरुलाई अस्थायी प्रहरी चौकी विर्ताबजारमा राखिएको आरोपित युवतीहरु आफूहरु यौन व्यवसाय अंगालेको स्वीकारे पनि यो रहर नभई बाध्यता भएको बताए पढ्ने केही गर्ने उमेरमा यसरी काम गर्नु परेकोमा आफू दुखेसो पोख्छिन् सुरुंगा घर भएकी २० वर्षीया सलिना राई (नाम परिवर्तन) बिवाह गरे पनि आफ्नो श्रीमानले छाडेपछि भाइलाई अभिभावककोरुपमा राख्नु परेको रुँदैरुँदै उनले बताइन् उनी भन्छिन्बाबु आमा छैनन्, मजदुरकोरुपमा दिनभरी काम गर्दा खान पनि पुग्दैन सबै गर्दागर्दै थाकिसके अन्तिममा बाध्य भएर यो पेशा अंगाल्नु परेको हो
राइ जस्तै १६ वर्षे इन्दिरा राउत (नाम परिवर्तन) को पनि आफ्नै कथा खुदुनाबारी घर भएकी राउतको परिवार जनाको गरिबीका कारण पारिवारिक जिम्मेवारी आफ्नो काँधमा आइलागेकाले होटलमा कहाली लाग्दो रात विताउनु परेको बताइन् त्यसैगरी १४ वर्षीया अनुजा थापा मगर (नाम परिवर्तन) को कथा अरुको भन्दा अलिक पृथक नौ कक्षामा पढ्दै गर्दा दाजुदिदिले आफ्नो खर्च धान्न समस्या भएपछि आफू घरबाट टाढिनु परेको प्रियाको कथन , उनी भन्छिन् – ‘सानैमा बुबाआमा विते, आफैँ काम गर्ने प्रयास पनि गरेँ तर, अहिले यो व्यवसायबाट सजिलैसँग पैसा कमाइने भएपछि यही पेशा रोजेको बताइन्

थानाभित्र वर्षे नानी खेलाउँदै गरेकी आफ्नो घर नहिच्किचाइ दमक भएको बताउने १८ वर्षीया पवित्रा सुब्बा (नाम परिवतर्नको पनि बेग्लै कथन उनी भन्छिन् –‘ वर्षअघि विवाह भए पनि आफ्नो श्रीमानले सधँै झैं झगडा गरी आफूलाई कुटपिट समेत गर्ने घरबाट निकालिदिएपछि आफु सो होटलमा भाँडा माझ्ने काम मात्रै गर्दै आएकी थिएँ मैले कुनै अनैतिक कार्य गरेको छुइन उता दानाबारी घर भएकी २२ वर्षीया स्मृति खनाल (नाम परिवर्तन) एक वर्षअघिदेखि नै विर्तामोडमा डेरा गरी बसेकी थिइन् उनी आफूले कुनै पनि गलत कार्य नगरेको कारणले मुद्दा जित्ने दावी गर्छिन्
विर्तामोडमा बढ्दै गइहरको यौन व्यवसाय अवैध धन्दा रोक्न प्रशासन तत्कालीन समयमा सक्रिय बन्दै गइरहेको यौन व्यवसायमा लागेका युवतीहरुलाई थानामा राख्दैमा यो व्यवसाय रोकिनेवाला छैन त्यसका लागि सञ्चालन भइरहेका होटल बार एवम् रेष्टुरेन्टलाई कार्वाही गरे मात्र विर्तामोडबाट यौन व्यवसाय सधैका लागि अन्त्य हुने कुरा स्थानीय जानकारहरु बताउँछन्।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply