• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

आकर्षक आम्दानीको श्रोत ः मुढा व्यवसाय



 @
पवन पौडेल विर्तामोड, झापा


झापा, असार २७, धाइजन–६ की माया खाति उमेरले ६ दशक नाघीसके तापनि अझैसम्म कामको बोझले पिर्न छोडेको छैन । अझैसम्म उनलाई काम नगरेसम्म घरमा विहान बेलुका दुई छाक खाने अन्न जुर्दैन ।
विगत १० वर्ष अघिदेखि मुढा बुन्दै आएकी माया खाती आफू दैनिक रुपमा १ सय बढी आम्दानी गर्ने गरेको बताउँछिन् । आफ्नो साहारा भन्ने छोरा बुहारी छुट्टिएर बसेपछि आफू अहिले ८ वर्षीया नातिनीसँग बस्दै व्यवसाय गर्दै आएको उनी बताउँछिन् । सम्पत्तिको नाममा एउटा झुप्रो घर र दशधुर जग्गा मात्र रहेको र आफूले दैनिकरुपमा साहुको मुढा बुनेको आधारमा गोटा र रुपैयाँ अनुसार कम पारिश्रमिक पाउने उनको गुनासो छ ।

अहिले विशेष गरी पूर्वी भागमा निर्माण गरिने मुढा राजधानी, पोखरा, महेन्द्रनगर लगायतका स्थानहरुमा निर्यात हुने गरेका छन् । घरमै बसीबसी राम्रो आम्दानी गर्न सकिने यो व्यवसायमा काम गर्ने मजदुरहरु पनि बढ्दै गएको पाइन्छ । यसरी माया खाती मात्रै होइन उमेरमा १० वर्षको भए पनि आफ्नो खर्च आफैं जुटाउन मुढा बुन्ने व्यवसायमा लागेका छन् सुनिल सेञ्चुरी । विहान बेलुकाको समयमा मुढा बुन्ने र दिउँसो पढाईमा व्यस्त रहने सुनिल भन्छन् “आखिर फुर्सदको समयमा केही गरे पढाई खर्च जुटाउने यो पनि एउटा माध्यम हो ।”

घरमा बस्नको लागि प्रयोग गरिने मुढा बाँसका खिपेका सिन्का, डोरी र तलपट्टि साइकलको पुराना टायरहरुजस्ता कच्चा पदार्थको प्रयोगरी बनाइन्छ । मुढा धेरै अगाडिदेखि नेपाली समाजमा प्रयोग गरिने साधारण घरेलु सामाग्री हो । हालआएर आधुनिक फर्निचरहरुको हालीमुहाली बढिरहेको सन्दर्भमा धाइजनका मुढा व्यवसायीहरु भने व्यवसायिकरुपमा मुढा बुनी आफ्नो आम्दानीको श्रोत बनाइरहेका छन् । झापाको धाइजन गाउँ विकासको वडा नं. ६ मा विगत २०४० सालदेखि बस्दै आएका सुकम्बासीहरुको अहिले मुढा व्यवसाय आम्दानीको स्रोत बन्दै गएको छ । त्यस क्षेत्रमा ३ सय बढी यो पेशामा संलग्न रहेका छन् ।



Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply