• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बाहुनडाँगीमा तस्करीका काठ रोके गाउँलेले

                                
@
सुब्रत न्यौपाने, झापा



झापा, २५ असार : इलामको जिर्मलेबाट अवैध रूपमा कटान गरी झापाको बाहुनडाँगी ल्याइएको काठ अन्यत्र लैजान स्थानीयवासीले प्रतिबन्ध लगाएका छन् । आइएलओ १६९ को प्रावधानविपरीत हरिया रूख काटिएको जनाउँदै स्थानीय दलको नेतृत्वमा सर्वसाधारणले काठ बाहिर लैजान रोक लगाएका हुन् ।

माओवादी र संघीय लिम्बुवान राज्यपरिषद्ले संयुक्त विज्ञप्ति निकालेर अन्यत्र लगिए कडा कारबाही गर्ने चेतावनी दिएपछि ती काठ झापाको बाहुनडाँगी-९ तिरिङमा अलपत्र अवस्थामा छाडिएको छ । दुवै संगठनले सार्वजनिक टेन्डर आह्वान गरेर मात्र ती काठ अन्यत्र लैजान सकिने जनाएका छन् ।

दुई साताअघि जिर्मलेको पाटापुर जंगलबाट दुई सयभन्दा बढी सालका रूख काटिएका थिए । झापाका काठ व्यवसायी तिलक गिरीले ती रूख काट्न लगाएको स्थानीय बताउँछन् । सरकारी कर्मचारीसमेतको मिलेमतोमा योजनाबद्ध ढंगले ती रूख काटिएको माओवादी क्षेत्र नम्बर- १ का इन्चार्ज भोजराज कोइरालाले बताए । 'अझै पाटापुरमा रूख काटिएको जानकारी आएको छ,' उनले भने, 'वन फँडानी नरोकिए कडा कारबाही गछौर्ं ।' यसअघि सो कटान क्षेत्रको संसद्को प्राकृतिक स्रोत तथा साधन समितिले स्थलगत अनुगमन गरेको थियो ।

नेपाल टिम्बर कर्पोरेसन विराटनगरको स्वीकृतिमा ती रूख काटिएका हुन् । कर्पोरेसनले मन्त्रीस्तरीय निर्णयबाट अनुमति लिएर योजनाबद्ध ढंगले वन फँडानी गरेको स्थानीयको दाबी छ । ०५१ मा जग्गाको लालपुर्जा पाएका पाटापुर क्षेत्रका ८५ घरपरिवारलाई जग्गाको मोठ कायम गरिदिने र बाँकीलाई धनीपुर्जा दिलाइदिने प्रलोभन देखाएर रूख काटिएको कोइरालाले बताए । तत्काली प्रधानमन्त्री मनमोहन अधिकारीले पुनर्बास कार्यक्रमअन्तर्गत ती घरपरिवारलाई बसोवासको व्यवस्था मिलाएका थिए ।

पुनर्बास कार्यक्रमअन्तर्गत ओगटेको जग्गाको रूख फँडानी गर्ने कार्यप्रति स्थानीयवासीले आपत्ति जनाए पनि रूख काट्ने कार्य रोकिएको छैन । स्रोतका अनुसार, टिम्बर कर्पोरेसनले पत्रिकामा सूूचना प्रकाशित गरी काठ बिक्रीमा डाक बढाबढ गर्दा वन पैदावार व्यवसायी गिरीले रूख काट्ने ठेक्का पाएका हुन् । उनले २२ हजार क्युफिटबराबरको चार सय रूख काट्ने सरकारी अनुमति पाएको स्रोतको दाबी छ । व्यवसायी गिरीले घर-घरमा गएर जग्गाधनीलाई प्रतिक्युफिट ५० रुपैयाँका दरले दिने भने पनि नदिएको जिर्मले-३ की विनिता राईले बताइन् ।

वन उपभोक्ता समूहका अध्यक्ष युवराज राना वन कार्यालयका रेन्जर र ठेकेदारले समितिसँग सम्झौता गरेर रूख काटेको बताउँछन् । उनले सामुदायिक वनका रूख नकाटिएको दाबी गरे । आफूले उपभोग गर्दै आएको जग्गामा हुर्किएका सालका रूख धमाधम काट्न थालिएपछि स्थानीयवासी निराश भएका छन् । आफ्नो करेसाका रूख अरूले काटेर लगेको देख्दा दुःख लागेको बताउँदै स्थानीय मन्दिरा गोलेले भनिन्, 'आफूले हुर्काएका रूख आफैँले उपयोग गर्न पाइएन ।'

स्थानीय लोकबहादुर राई, मानबहादुर राई, माइला मगर, मानबहादुर विश्वकर्मालगायतले उपभोग गर्दै गरेको जग्गाको रूख काटिएको छ । उनीहरूलाई ०५१ मा अस्थायी धनीपुर्जा दिइएको थियो । लोकबहादुरले सरकारी मिलेमतोमा जंगल सखाप पार्ने काम भएको बताए । जिर्मले-३ डाँडागाउँका मगर सरकारको योजना भन्दै जंगल फँडानी गर्न थालेपछि उपभोक्ताको केही उपाय नलागेको बताउँछन् । वन कर्मचारीदेखि काठ व्यवसायीसम्मले राजनीतिक संक्रमणकालको फाइदा उठाएर वन फँडानी गरेका हुन् । काटिएका रूखका टुना तिरिङ प्रहरी चौकीनजिक ल्याएर राखिएको छ । तर, चौकीका इन्चार्ज चण्डी बस्नेत रूख काटिएकोबारे आफूलाई केही थाहा नभएको बताउँछन् ।



Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply