• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

झापाका सबै चिया कारखाना बन्द


                                
@
लीला बराल,झापा

बिर्तामोड (झापा), श्रावण  
जिल्लाका चिया उद्यमी साना किसानबीच हरियो पत्तीको मूल्य गुणस्तरमापनको विवाद चर्किएपछि उद्योगीले शुक्रबारदेखि चिया कारखाना अनिश्चितकालका लागि बन्द गरेका छन्
साना किसान चिया उत्पादक संघले हरियो पत्तीको मूल्य निर्धारणका लागि गर्दै आएको ग्रेडिङ कार्य बन्द गर्न दबाब दिएपछि उद्योगहरू बन्द गरिएको हो नेपाल चिया उत्पादक संघले अनिश्चित कालका लागि नखोल्ने जनाएको उद्योग सञ्चालनका लागि शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै उद्योगीहरूको भेलाले कारखाना बन्द गर्ने निर्णय गरेको संघका अध्यक्ष ध्रुवकुमार शिवाकोटीले बताए
झापामा सञ्चालित २४ मध्ये अधिकांश कारखाना बन्द गरिएको बुधबार साना किसान चिया उत्पादक संघले कारखानामा गई खातापत्र खोस्ने, काटा फुटाउने, लाने दबाब दिने काम गरेको जनाउँदै संघले शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म कारखाना नखोल्ने जनाएको
'साना किसानको दबाब थाम्न नसकेपछि उद्योग बन्द गर्नुको विकल्प रहेन,' अध्यक्ष शिवाकोटीले भने साना किसानले भारतीय बजारको आधारमा हरियो पत्तीको मूल्य माग गरे पनि आफूहरू त्यो मूल्यमा पत्ती खरिद गर्न नसक्ने उनले बताए

यसअघि नेपाली बजार भारतीय बजारको न्यूनतम मूल्यको आधारमा कारखानाले मूल्य तोक्ने निर्णय भएको थियो ०६६ कात्तिक १३ गते बिर्तामोडमा सम्पन्न बैठकबाट मूल्य समायोजनका लागि गठित सर्वपक्षीय सहजकर्ता समितिले तोकेको मूल्य कार्यान्वयन गर्न गरेको पत्राचारपछि चिया उद्योग क्षेत्र अशान्त बनेको शिवाकोटीको भनाइ
सहजकर्ता समितिले भारतीय बजारको आधारमा मूल्य समायोजनको प्रस्ताव गरेको थियो सो प्रस्तावको आधारमा मूल्य पाउनुपर्ने किसानको माग तर उद्योगहरू सो प्रस्ताव मान्ने पक्षमा छैनन् उत्पादित हरियो पत्ती अर्कैलाई बेच्नुपर्ने बाध्यताले मूल्य विवाद बढाएको झापाली साना चिया किसान संघका अध्यक्ष मुरारी खरेल बताउाछन् 'आफ्नो कारखाना नभएकाले उद्योगीले जे भन्छन्, त्यही मान्नुपर्छ,' उनले भने, 'उद्योगीको मूल्यमा हरियो पत्ती बेच्नुको विकल्प छैन '
सीमावर्ती भारतीय कारखानासम्म पुर्याउादा ढुवानी खर्च बढी पर्ने भएकाले चिया किसान स्थानीयस्तरमै हरियो पत्ती बेच्न बाध्य छन् भारतीय बजारमा नेपाली कारखानामा हरियो पत्तीको मूल्यमा चारदेखि रुपैयाासम्म फरक यहाा ग्रेडिङपछि हरियो पत्ती प्रतिकेजी न्यूनतम आठ रुपैयाादेखि २० रुपैयाासम्म किनबेच भइरहेको जब कि सीमावर्ती भारतीय बजारमा हरियो पत्तीको मूल्य प्रतिकेजी २६ देखि ३० रुपैयाासम्म
एक सिजनमा झापामा मात्र सात करोड केजी हरियो पत्तीको उत्पादन हुने गरेको हरियो पत्ती उत्पादनको मध्य समयमा उद्योगीहरूले उद्योग बन्द गर्दा चिया किसान मारमा परेका छन्
यो सिजनमा साना चिया किसानले मात्र दैनिक चार लाख केजी चिया उत्पादन गर्छन् उद्योग बन्द भएका कारण बिहीबारदेखि किसानले पत्ती टिपेका छैनन् टिप्ने बेला भएको पत्ती टिप्न एक दिन ढिलो हुादा गुणस्तर ह्रास हुने भएकाले किसान मारमा परेका हुन्
चिया उत्पादक संघका निवर्तमान अध्यक्ष चण्डी पराजुली सहमतिकै आधारमा किसानबाट हरियो पत्ती खरिद गरिरहेको दाबी गर्छन् 'ग्रेडिङ गरेर मात्र पत्ती लिइरहेका छौा,' डााफे टी प्रोसेसिङका सञ्चालकसमेत रहेका उनले भने, 'किसान मर्कामा छन् भन्ने कुरा सत्य होइन ' उद्योगले अलगअलग मूल्यमा पत्ति किनिरहेको उनले स्विकारे
उद्योगी साना किसानबीच गत वर्ष असार २९ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दा उद्योगीले अनावश्यक आरोप लगाएर कारखाना बन्द गरेको साना किसान चिया उत्पादक संघका अध्यक्ष पूर्णकुमार कार्की बताउाछन् 'ग्रेडिङ नगर्ने निर्णय भएको थियो,' उनले भने, 'बिहीबारदेखि उद्योगीले ग्रेडिङ सुरु गरेपछि विवाद बढ्यो '
झापा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा गठित सहजकर्ता समितिको रोहवरमा वैशाखमा उद्यमीले भारतीय बजारलाई आधार मानेर औसत मूल्य निर्धारण गर्न लिखित सहमति जनाएका थिए तर त्यसविपरीत उनीहरूले हरियो पत्तीको मूल्य निर्धारण गरेका छन्
किसानले आन्दोलन गरेपछि सहमति गर्ने तर कार्यान्वयन नगर्ने चिया उद्यमीको व्यवहार मूल्य विवादको कारक भएको सहजकर्ता समितिका संयोजक घिमिरे बताउाछन् 'ग्रेडिङ पनि सहमतिका आधारमा मात्र हुनुपर्छ,' घिमिरेले भने, 'अहिले एकतर्फी रूपमा उद्योगीले ग्रेडिङ गर्नु न्यायोचित छैन '
 कान्तिपुर दैनिकबाट साभार गरिएको |

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply