• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मेचीमा अनिश्चितकालिन बन्द




झापा, साउन १५ - जन्तीको कुटपिटबाट मारिएका चालक शेरबहादुर मगरको परिबारलाई क्षतीपूर्ति नदिएको भन्दै यातायात मजदूरहरुले मेची अञ्चलको यातायात अनिश्चितकालका लागि ठप्प पारेका छन्। बसको छतबाट ओर्लन भनेपछि जन्तीले कुट्दा चालक मगरको मृत्यु भएको थियो।

२०६६ फागुन २६ गते भएको उक्त हत्यापछि यातायात मजदूरले आन्दोलन गरेका थिए र मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतीपूर्ति दिने निर्णय भएको थियो। तर, पाँच महिना वित्न लाग्दा पनि रकम उपलव्ध नगराएपछि विभिन्न मजदूर संगठनहरुले सामूहिकरुपमा यातायात वन्दको घोषणा गरेका हुन्।
बन्दका कारण मेचीका सबै क्षेत्र प्रभावित बनेका छन्। अखिल नेपाल यातायात मजदूर संघ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन र नेपाल यातायात मजदूर संघको आयोजनामा अनिश्चितकालीन बन्द सुरु भएको हो 

शुक्रबार झापाको सदरमुकाम चन्द्रगढीमो विभिन्न राजनैतिक दलहरु र प्रशासन सँग भएको सहमतिमा यहि श्रावण मसान्तसम्म सवै क्षतिपूर्ति उपलव्ध गराउने सहमति भएको थियो र प्रशासनले यातायात बन्द नर्गन आग्रह गरेको थियो तर यातायात व्यवसायीले यो सहमतिलाई ठाडै अस्विकार गरेका छन् । यसरी यो समाचार तयार गर्नेसमयसम्म बाटोमा नीजि सवारी साधन मोटरसाईकल निर्वाध रुपमा चलिरहेका छन् । बन्द पहिलाको जस्तो पिडादायी छैन तरपनि पूर्वको नाका काँकडभिट्टामा यात्रुहरु अलपत्र परेका छन् र रिक्साहरुले मनपरी भाडा असुली गरिरहेका छन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply