• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

दुई जिल्ला बन्द, प्रजिअलाई थाहा छैन

झापा/ सहकर्मी चालकका परिवारलाई क्षतिपूर्ति उपलब्ध नगराएको विरोधमा यातायात मजदूरले बन्दलाई फराकिलो बनाउँदै लगेका छन्  शनिवार मेचीमा मात्र आहृवान गरिएको बन्द आइतवारदेखि कोशीमा पनि विस्तार भएको  
बन्दका कारण दुई दिनदेखि पूर्वमा सार्वजनिक सवारीका साधन सञ्चालन भएका छैनन्  मजदूर संघ-संगठनले बन्दलाई थप सशक्त बनाउने निर्णय गरेपछि आइतवारदेखि कोशीमा पनि यातायात सेवा अवरुद्ध भएको  
    स्थानीय प्रशासनले भने बन्द खुलाउने दायित्व आफ्नो नभएको जनाएको   'बन्द जसले गरेको हो खुलाउने जिम्मा पनि उसैको हो', झापाका प्रमुख जिल्ला अधिकारी यादवराज कोइरालाले भने, 'कसले किन बन्द गरेको मलाई पनि थाहा छैन  '
   दुई वर्षअघि मोरङको भाउन्नेमा घाँटी रेटेर हत्या गरिएका झापा गरामनीका ट्याक्सी चालक दीपक पाण्डे जन्तीको कुटाईबाट मारिएका बस चालक शेरबहादुर बस्नेतको परिवारले राहत नपाएको विरोधमा यातायात मजदूर आन्दोलनमा उत्रिएका हुन्  दुवै घटनामा स्थानीय प्रशासन गम्भीर नभएको जनाउँदै अखिल नेपाल यातायात मजदूर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन नेपाल यातायात मजदूर सङ्घले बन्दको आहृवान गरेका थिए 
पाण्डेको २१ चैत २०६५ मा मगरको २६ फागुन २०६६ मा हत्या भएको थियो  पाण्डेको हत्यापछि पीडित परिवारलाई तीन लाख ५० हजार रुपैयाँ राहत नाबालक छोरालाई निःशुल्क पढाइदिने सहमति भएको थियो  झापाको घैलाडुब्बाबाट जन्ती लिएर मोरङको गोविन्दपुर जाँदै गरेको मे. १८३५ नम्बरको बसका चालक मगरलाई जन्तीले कुटेर मारेका थिए  बसको हुटमा चढेका जन्तीलाई ओराल्न खोज्दा झापाको सुरुङ्गामा उनीमाथि आक्रमण भएको थियो 
'मजदूर प्रतिनिधि नबोलाई कसरी वार्ता सफल हुन्छ ?', मजदुर संघका अध्यक्ष लक्ष्मण बस्नेतले भने 

नया पत्रिकाबाट http://www.nayapatrika.net/newsportal/countryside/15765.html

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply