जवरजस्ती चन्दा उठाउने लिम्वुवान कार्यकर्ता पक्राउ
मेचीनगर अनलाइन
|
Wednesday, August 4, 2010
|
0 comments
जवरजस्ती चन्दा उठाउने कार्यमा संलग्न ५ जना लिम्वुवान कार्यकर्तालाइ आज विहान प्रहरीले झापाको दमक ८ स्थित मावा खोलाबाट पक्राउ गरेको छ। लिम्वुवान भुमिको कर भन्दै खोलामा गिटी वालुवा आसार्ने ट्रक र ट्रयाक्टर रोकी चन्दा उठाउदै गर्दा संघिय लिम्वुवान राज्य परिषद क्रान्तिकारीका कार्यकर्ताहरु मोरङ्ग उर्लावारी ८ का राजु लिम्वु,गोविन्द लिम्वु , दिपक मगर ,विशाल लिम्वु र उर्लावारी ३ का कमलेश राइ लाइ दमक प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुका साथवाट चन्दा उठाउने रसिद , २ हजार रुपैया नगद र २ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुका साथवाट चन्दा उठाउने रसिद , २ हजार रुपैया नगद र २ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed