• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पृथ्वी नारायण शाहको अन्यायको सम्झनामा मेची अञ्चल बन्द्द

राजु अधिकारी, झापा, साउन २२
लिम्वुवान प्रान्तिय परिषदले आयोजना गरेको बन्दका क्रममा शनिवार विहान प्रहरीले जना बन्दकारीलाई पक्राउ गरेको छ। परिषद् झापाका सचिव लिम्वु लगायत लाई सवारी रोक्ने क्रममा पक्राउ गरेको हो। पक्राउ पने अन्यमा सागर राई, अमिर राई, जमानसिंह लिम्वु, शिव आचार्य त्रिसिंह लिम्वु छन्।
राष्ट्रिय जनमुक्ति पार्टीको भ्रातृ संगठन लिम्वुवान प्रान्तिय परिषद्ले आह्वान गरेको बन्दका कारण मेची अञ्चल शनिबार विहानैदेखि ठप्प छ। पूर्व पश्चिम राजमार्ग, मेची राजमार्ग तथा अन्य सहायक मार्गहरुमा आज सवारी चलेका छैनन्। बजार तथा व्यापारिक प्रतिष्ठान पनि खुलेका छैनन्। बन्द गर्दै हिँडेका जना परिषद् कार्यकर्तालाई प्रहरीले विर्तामोडबाट पक्राउ गरेको छ। वि सं १८३१ मा तत्कालिन राजा पृथ्वीनारायण शाहले लिम्वु जातिको लालमोहर खोसेको दिनलाई कालो दिवसका रुपमा सम्झन साउन २२ गते बन्द आयोजना गरिएको जनमुक्ति पार्टीले जनाएको छ।
विभिन्न लिम्वुवान संगठनहरुले अघि सारेका सुत्रीय माग पूरा गर्न पनि जनमुक्तिले माग गरेको छ। अरुण पूर्वका जिल्लालाई लिम्वुवान राज्य घोषण गर्नु पर्ने, समयमै नयाँ संविधान जारी गर्नु पर्ने लगायतका बुँदा ती मागमा समावेश छन्।
 जनमुक्तिका अनुसार दिनका लागि आयोजित बन्द पूर्वका जिल्लाभर लागु हुनेछ। पश्चिमबाट काँकडभिट्टा आउँदै गरेका लामो दुरीका यात्रुबस बन्दले रोकएपछि प्रहरीले स्कर्टिगं गरेर गन्तब्यमा पुर्याएको छ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply