• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

नेपालीमा अनुवादित कतारको श्रम कानुन विमोचन ः ऐतिहासिक कार्य सम्पन्न

दोहा, अगस्त ६ २०१०
वर्षौँदेखि नेपालीहरुले कर्मथलो बनाएको खाडि मुलुक कतारमा नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारको तत्वाधानमा अरवी साहित्यकार मोहम्मद रमजान अलि मियाँद्वारा नेपाली भाषामा अनुवाद गरिएको कतार सरकारको श्रम कानुन एक भव्य कार्यक्रमकावीच विमोचन गरिएको छ । नेपाली राष्ट्रिय गानवाट शुरु गरिएको कार्यक्रममा ज्ञात–अज्ञात शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य लोकतान्त्रिक मंचका उपाध्यक्ष विष्णु वहादुर विष्टले स्वागत गर्नु भएको थियो । हाल अरवी र अंग्रेजी भाषामा मात्र सीमित कतारको श्रमकानुन पहिलो पटक नेपाली भाषामा अनुवाद गरिएको हो ।
दोहास्थित दोहा सिटी प्लाजा होटलमा सम्पन्न उक्त कार्यक्रममा कतारमा रहेका विभिन्न संघ संस्था, व्यवसायी, बुद्धिजीवि, समाजसेवी र श्रमिक मजदुरहरुको बाक्लो उपस्थितिरहेको उक्त कार्यक्रम नेपाली राजदुतावासका प्रथम सचिव श्री रामकाजी खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारका केन्द्रीय अध्यक्ष श्री रामहरी गैह्रेको सभापतित्व र मञ्चका महासचिव श्री ज्ञानेन्द्र कुमार पन्धाक र सचिव श्री रामजी गिरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमका नेपाली राजदुतावासका प्रथम सचिव तथा कार्यक्रमका प्रमुख अतिथि श्री रामकाजी खड्काले अनुवादित पुस्तकको विमोचन गर्नुभएको थियो । कार्यक्रममा पुस्तकका अनुवादक अरवी साहित्यकार मोहम्मद रमजान अलि मियाँले पुस्तकका सम्बन्धमा अझ प्रकाश पार्दैे  पुस्तकले कतारमा कार्यररत श्रमिक मजदुरहरुको हकहित र अधिकारका विषयमा विस्तृत जानकारी दिने र आफनै मातृभाषामा भएकोले सबैले सजिलै पठनपाठन गर्न सक्ने भएकोले अझै प्रभावकारी हुने बताउनु भयो ।
प्रमुख अतिथि नेपाली दुतावासको प्रथम सचिव श्री रामकाजी खड्काले व्यानर अनावरण गरि उद्घाटन गर्नु भएको उतm कार्यक्रममा विषेश अतिथिका रुपमा नेपाल लोकतान्त्रिक मञ्चका संगठन विभाग प्रमुख श्री दिलकिरण खजुम,लोकतान्त्रिक मंचका संस्थापक अध्यक्ष कमलमणि गुरागाँई ,भुतपुर्व अध्यक्ष श्री नरेश श्रेष्ठ, श्रम ऐनका अनुवादक तथा अरवी साहित्यकार मोहम्मद रमजान अलि मियाँ, विशेष अतिथिकै रुपमा पाकिस्तानी कम्प्युनिटिका अश्रफ सिद्दिकी, अतिथिहरुमा , शाखा दोहा कतारका. वा. अध्यक्ष पदम वि. क., एन. आर.एन., आई. सि. सि. का उपाध्यक्ष श्री सागर नेपाल निवर्तमान सदस्य एन. आर.एन., आई. सि. सि. श्री टि.बी. कार्की, नेपाल प्रवासी आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत गुरुङ, नेपाल इन्जिनियरिङ एसोसिएसन अध्यक्ष इ. अर्जुन प्रसाद भट्टराई, नेपाल प्रवासी मुस्लिम समाज अध्यक्ष मक्सुद आलम, तथा अन्य अतिथिहरुमा किराँत याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष ललित मावो लिम्वु, तमुवौद्ध सेवा समिति अध्यक्ष जगन तमु, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव राजेन्द्र श्रेष्ठ, जन प्रगतिशिल मञ्चका उपाध्यक्ष शुशिल खड्का, जन सम्पर्क समिति महामन्त्री विमल सुवेदी, कतार नेपाली एकता समाजका अध्यक्ष नरबहादुर थापा, नवोदित साहित्य वाचनलयका नवराज वि.क.,सेफ्टि अवाएरनेसका अध्यक्ष इ. राधाकृष्ण देव, श्रमिक रेमिटका डाइरेक्टर तारा मङ्गोल, गैह्र आवासीय यातायात संघका अध्यक्ष भुपराज दवाडी, राजधानी अन्तराष्ट्रिय दैनिकका गल्फ संयोजक पत्रकार दिपक पौडेल, कान्तिपुर प्रवास साप्ताहिकका पत्रकार दिनेश रेग्मी, नेपाल कतार अनलाईनका पत्रकार, रवि भट्ट रोषी, युवा समाजशेवी लक्ष्मण खतिवडा, सिराहा सेवा समाजका सल्लाहाकार संयोजक शाकिर अलि, समाजसेवी करिम वक्स मियाँ, समाजसेवी ओजेर मियाँ लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
 उतm कार्यक्रममा अरवी साहित्यकार तथा श्रम कानुनकाका अनुवादक रमजान अलि मियाँले कतार नेपालीहरुको श्रमका लागि गन्तव्य स्थानमा विगत लामो समय भएतापनि कतार सरकारले विदेशी नागरिकका लागि गरेको कानुनी व्यवस्थाप्रति अन्य देशका तुलानामा नेपाली श्रमिकलाई जानकारी नभएको वास्तविकतालाई नजिकवाट नियालेर कतारको श्रम कानुनलाई मातृभाषामा अनुवाद गरी नेपाली समुदाय माझ ल्याउने जमर्को गरेको वताए । उक्त कार्यका लागि कतारमा स्थापित श्रमिकहरुको पक्षमा कार्यगर्ने संस्था लोकतान्त्रिक मंच दोहा कतारले यस कार्यक्रम आयोजना गरेकोमा हार्दिक आभार समेत व्यतm गरेका थिए ।  अतिथि वतmाहरुमा गैह्र आवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सागर नेपालले यो कार्यक्रम आफैमा ऐतिहासिक भएकोले कतारमा स्थापित नेपाली समुदाय मार्फत श्रमिक नेपाली विच लैजान आग्रह समेत गरेका थिए । कार्यक्रममा वोल्दै नेपालले वर्तमान समयमा अनलाइन पत्रिकाले व्यतिmको चरित्र हत्या गर्ने कार्यले समाजमा राम्रो सन्देश नजाने भएकोले यस प्रति सजक रहन समेत आग्रह समेत गरेका थिए । प्रवासी नेपाली मुस्लिम समाजका अध्यक्ष मक्सुद आलम, समजासेवी ओजेर मियाँ, समाजसेवी तथा गैह आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका निवर्तमान सदस्य टि.वी कार्की, अन्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव राजेन्द्र श्रेष्ठ , सेप्टी अवारनेर्सका अध्यक्ष राधाकृष्ण लाल देव, जनप्रतिशिल मंचका उपाध्यक्ष शुशील खड्का लगायतका वतmाहरुले नेपाल लोकतासन्त्रक मंच कतारले कतारको श्रम कानुनलाई नेपाली श्रमिकले सहज रुपमा ज्ञान हासिल गर्ने यस ऐतिहासिक कार्य दोहा कतारको हकमा लोकतान्त्रिक मंच कतारले महत्वपुर्ण दस्तावेज हासिल गरेको प्रशशा व्यतm गर्दै अनुवादक मोहम्मद रमजान अलि मियाँले नेपाली समुदायलाई प्रदान गर्नु भएको महान कार्यप्रति आभार प्रकट गरेका थिए । लोकतान्त्रिक मंचले श्रमिक र श्रमिकसंगको संसर्ग वढाउने सन्र्दभमा यो कार्यक्रमवाट नेपाली श्रमिक नेपालीका लागि महत्वपुर्ण योगदान रहेको र यस अभियानलाई निकट भविष्यमा तमाम श्रमिक विच लैजान सके वर्तमान समयमा कतारमा कार्यरत श्रमिक नेपालीहरुलाई परिरहेको समस्या र समधानका लागि यस प्रकाशनले महत्वपुर्ण सहयोग मिल्ने कुरामा सवै विश्वस्त रहेका थिए । कतारको श्रम कानुन मात्र नेपाली श्रमिकका लागि मात्र नभई कतारमा कार्यरत सम्पुर्ण नागरिकका लागि वनाइएको यो कानुनको अध्यन गरी वढि भन्दा वढि फाइदा लिँदै अन्य श्रमिकका विच लैजान सके नेपालीहरुको अलग्गै पहिचाहन वन्ने विषयमा अतिथि वतmाहरुको भनाइ रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काले उतm अनुवादको सम्पादन समेत गर्नु भएको थियो । मन्तव्यकै सिलसिलामा यो प्रकाशन श्रमिकका लागि अति उपायोगी भएकोले सवैले यसका वारेमा जानकारी लिन सेक वर्तमान समयमा कतारमा देखा परेको श्रमिक समस्याको समधानमा यस्ले सहज प्रदान गर्ने उहाँको तर्क रहेको  थियो । प्रमुख अतिथिले उतm कानुनी कितावको महत्वपुर्ण वुँदामा प्रष्ट समेत पार्नु भएको थियो । कार्यक्रमका विषेश अतिथि तथा लोकतान्त्रिक मंचका संस्थापक अध्यक्ष कमलमाणि गुरागाईले यो महान कार्यका लागि पत्रकारिता क्षेत्रसंग आवद्व पत्रकारहरुले कन्जुस्याँइ नगरी संचार माध्यममा ल्याउनका लागि अपिल समेत गर्नु भएको थियो । त्यसै गरी मंचका भुतपुर्व अध्यक्ष नरेश श्रेष्ठ, संगठन विभागका अध्यक्ष दिलकिरण खजुमले यो महत्वपुर्ण दस्तावेज भएको र यसका लागि सम्पुर्ण कतारमा कार्यरत प्रवासी श्रमिकहरुले यसको अध्यन गरी श्रमिक हक,हित र अधिकारका लागि सजग रहन समेत अपिल गरेका थिए । यसैगरी विषेश अतिथिको रुपमा रहनृु भएका पाकिस्तानी समदायका अश्रफ सिद्दकिले पुस्तकको नेपाली अनुवादले नेपाली श्रमिकहरुलाई विषेश फाइदा पुग्ने कुरा औल्याँनु भएको थियो । उतm विमोचन कार्यक्रममा मोहम्मद रमजान अलि मियाँलाई नेपाली समुदायविच पु¥याउनु भएको योगदानको उच्च मुल्याङ्गन गर्दे प्रशशा पत्र समेत प्रदान गरेको थियो । त्यसै गरी मञ्चको कार्यलाई महत्वपुर्ण योगदान पु¥याउनु भएका टेकेन्द्र पौडेललाई समेत प्रशशा–पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका अन्तमा कार्यक्रमका सभापति एवं नेपाल लोकतान्त्रिक मंचका केन्द्रीय अध्यक्ष रामहरी गैह्रेले लामो समयदेखि मंच श्रमिकका पक्षमा अहोरात्र लडिरहेको मंचले वास्तकिक रुपमा श्रमिकका न्यायका लागि कतार सरकारको कानुनलाई नेपाली भाषामा अनुवाद गरि श्रमिक माझ ल्याउने जर्मको गरेको हो यसका लागि अव हामि प्रवासी श्रमिकहरुविच सम्बन्ध वढाउँदै कानुनका न्युनतम मान्यताका लागि एक आपसमा पु¥याउनका लागि आजैवाट हामीवीच आपसी एकता र मेलमिलापको भावनावाट अगाडि वढ्न सके त्यही नै साहि अर्थमा श्रमिकको संगठनका रुपमा स्पापित हुने विषयमा ठोकुवा समेत गर्नु भएको थियो । कुनै पनि राज्यको कानुन सवैभन्दा माथि रहने हुनाले त्यसको पालाना गर्नु उतm देशमा वसोवास गर्ने जो सुकैको पनि कर्तव्य हो यसका लागि सवैलाई यसै मान्यताका आधारमा रहि कार्य गर्न गराउन हुन अपिल गर्नु भएको थियो । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

1 comment

Trackback URL | Comments RSS Feed

  1. Ishwar says:

    कतार मा भएका सम्पूर्ण दाजु भाइ र दिदि बहिनि हरु मा मेरो हार्दिक शुभ कामना छ. नेपाल मा राजनीतिक कारण ले लागु हुन न सकेका कानुन भन्दा नेपाल भन्दा बाहिर खाडी मुलुक मा बसेर कतार को श्रम कानुन लै नेपाली भाषा मा अनुवाद गरेर नेपाली को सिर उचा गर्ने काम मा लागेका रामजन अलि मिया लगायत सम्पूर्ण महानुभाव हरु लाइ मुरी मुरी होइन सहस्र मुरी धन्यवाद र शुभ कामना.

    ईश्वर
    काठमाडौँ
    नेपाल

     

Leave a Reply