• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

माओवादीको सशस्त्रीकरण नै मुख्य समस्या : प्रदीप ज्ञवाली

झापा (शनिश्चरे), साउन २४- नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले एकीकृत नेकपा (माओवादी) निःशस्त्र नभएसम्म राष्ट्रिय सहमति निर्माण हुन नसक्ने बताएका छन्। प्रधान मन्त्रीको निर्वाचनमा एमाले तटस्थ बसेर राष्ट्रिय सहमतिको पहल गरेको जिकीर गर्दै नेता ज्ञवालीले एमालेले मुलुकलाई अप्ठ्यारोबाट जोगाउन प्रयत्न गरिरहेको बताए।
'चार शक्ति एक ठाउँमा नभएसम्म शान्ति र संविधान सम्भव छैन', उनले भने- 'माओवादी, काँग्रेस, एमाले र मधेसवादी दलहरु एक हुन जरुरी छ। त्यसबाट नै देशको असहज परिस्थितिको अन्त्य हुन्छ।'चौंथो चरणको निर्वाचनले पनि प्रधान मन्त्री चयन गर्न नसक्दा देशमा राजनीतिक अस्थिरता छाएको बताउँदै नेता ज्ञवालीले भने- 'अहिले दलबीच विश्वासको अवस्था कमजोर भएको छ, तत्काल प्रधान मन्त्री चयन नभए गणतन्त्रप्रति नै प्रश्नचिह्‍न उब्जन सक्छ।'



प्रेस चौतारी झापाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादीकै कारण अहिलेको असहज परिस्थिति आएको उल्लेख गरे।केही दिनभित्र बस्ने एमाले केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीका विषयमा निर्णय लिने उल्लेख गर्दै उनले पाँचौ चरणको मतदानमा काँग्रेसलाई सहयोग गर्न सकिने सङ्केत गरे। उनले भने- 'माओवादीलाई कुनै पनि हालतमा सहयोग गर्न सकिँदैन, एमाले 'डेमोक्रेटिक्स एलाइन्स'बाट अलग बस्न सक्दैन।'
 एमालेले तटस्थ बसेर बहुमतको असफल सरकार बन्न रोकेको उल्लेख गर्दै उनले अब छिट्टै पार्टी ठोस निर्णयमा पुग्ने बताए। राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीका दाबेदार दुवैजनाले उम्मेदवारी फिर्ता लिएर अर्को विकल्प अगाडि सार्न सकिने सुझाव पनि उनले दिए।
नेता ज्ञवाली मेची अञ्चलस्तरीय अनेरास्ववियुको इलाममा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिएर झापा आएका हुन्। 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply