भारतीय फौजद्वारा ५० परिवारलाई घर छोड्न धम्की
मेचीनगर अनलाइन
|
Wednesday, August 11, 2010
|
0 comments
दिनेश कार्की झापा ।
नेपाली भूमिमा बस्तै आएका यहाँका ५० परिवारलाई तत्काल घर छोड्न भारतीय सीमा सुरक्षा बल एसएसबीले धम्की दिएको छ ।
नेपाली भूमिमा बस्तै आएका यहाँका ५० परिवारलाई तत्काल घर छोड्न भारतीय सीमा सुरक्षा बल एसएसबीले धम्की दिएको छ ।
'यहाँ आएर नापे अनि किला ठोकेर यो ठाउँ खाली गर्नु भन्दै गएका छन्' झापा पाठामारी-८ का सवीर आलमले भन्नुभयो 'पहिले सात दिनमा छोडिसक्नु भने फेरि दुई महिनाको समय दिएका छन् ।' पहिले नेपाली जमिनमा बसेका पाठामारी-८ का ५० परिवार २०५३ सालमा गाडिएको नयाँ स्तम्भपछि दशगजा क्षेत्रमा परेका छन् । पाँच दिनअघि त्यहाँ आएका भारतीय सुरक्षा फौजले दशगजा खाली गर्न धम्की
दिएको स्थानीय अमरुद्दिन मियाले जानकारी दिनुभयो ।
दिएको स्थानीय अमरुद्दिन मियाले जानकारी दिनुभयो ।
![]() |
| simana micheko kilo dekhudai |
१११ नम्बर पिलर भने मेची पारी पर्छ त्यो ठाउँमा एसएसबीको क्याम्प छ । उनीहरुले दशगजा मात्र होइन नेपाली भूमिमा नै क्याम्प बनाएका छन् । त्यसबारे नेपालको राज्यपक्ष भने बेखबर छ । भारतीय दादागिरीबारे स्थलगत अध्ययनका लागि वाईसीएल नेपालको संयोजनमा झापाका साचारकर्मी र एमाओवादी कार्यकर्ताको एक टोली मंगलबार पाठामारी पुगेको थियो । टोलीमा हिक्मत असिम साचार सुलभ लगायतका माओवादी कार्यकर्ता र साचारकर्मी थिए ।
Filed Under: समाचार



0 comments
Trackback URL | Comments RSS Feed