• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

स्वरोजगार फाराम भर्ने युवा विदेशतिर

तत्कालिन माओवादी सरकारले ल्याएको युवा स्वरोजगार कार्यक्रम लागू नै नभएपछि स्वरोजगार फाराम भरी तालिम लिन खोज्ने युवाहरु निराश भएका छन् । तालिम लिएर युवा स्वरोजगार हुन चाहनेहरुका लागि सरकारले अनुदानको व्यवस्था गर्ने घोषणा गरेपनि लागू हुन नसकेपछि उनिहरुमा यो निराशा उत्पन्न भएको हो । स्वरोजगारको फाराम भर्नेहरुले पनि खासै उपलब्धि हासिल गर्न नसकेकाले पनि युवामा निराशा जागेको हो । 
पूर्वी पहाडी जिल्लामा युवाहरु बढी निराश भएको त्यहाँका सरकारी अधिकृतहरुको भनाई छ । इलाम जिल्लाका विभिन्न गा.वि.स.का पन्ध्र हजार पच्चिस युवाले त्यसका लागि इलाम उद्योग वाणिज्य संघमा आवेदन दिएका थिए । तीमध्ये एकहजार असी जनालाई मात्र उद्योग वाणिज्य संघले तालिम दिएको छ । सरकारले ल्याएको सो
कार्यक्रम अन्तर्गत इलामका युवाले बाख्रापालन, गाईपालन, बंगुरपालन, मौरीपालन, फलपूल खेती आदीका लागि निवेदन दिएका थिए ।
त्यस्तै झापाका पच्चिसहजार भन्दा बढी युवाहरुले स्वरोजगार फाराम भरी तालिम पाउन आवेदन दिएकोमा दुई हजारभन्दा बढीले तालिम लिन पाएका छैनन् । माओवादी नेतृत्वको सरकारले घोषणा गरेको कार्यक्रम सरकार परिवर्तनसँगै लागू नभएपछि निवेदन दिएर तालिम समेत लिई निराश बनेका युवाहरु अहिले विदेश जाने तयारी गर्दैछन् । स्वरोजगार बनाउन सरकारले स्वरोजगार फाराम भर्न आवेदन अव्हान गरेपछि बेरोजगार युवकहरु उत्साहित भएका थिए । तालिम लिएर नयाँ काम गर्ने सोच बनाएका इभाङ–१ का गणेशकुमार राई यतिवेला विदेश जान लागेको बताउँछन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply