• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

नेपाली मूलका फुटबल स्टार

काठमाडौ, श्रावण २८ २०६७ १२:१९ - हरेक फुटबल खेलाडिको सपना हुन्छ, म्यानचेस्टर युनाइटेडबाट खेल्ने विश्व फुटबलकै महारथी म्यानचेस्टरको रातो रङको जर्सी लगाउन पाउनु सधैं गर्विलो हुने गर्छ यस्तो अवसर थोरैले पाउँछन् म्यानचेस्टरविरुद्ध खेल्नु पनि विशेष उपलब्धि नै मानिन्छ यस्तो अनुभव भर्खरै मात्र नेपाली मूलका भारतीय खेलाडि सुनिल क्षेत्रीले आत्मसात् गरेका छन्
इङलिस क्लब म्यानचेस्टरविरुद्ध मैदानमा उत्रने सुनिल पहिलो नेपाली मूलका खेलाडि हुन् अमेरिकास्थित कान्सास राज्यको एरोहेड स्टेडियममा २५ जुलाईमा भएको मैत्रीपूर्ण खेलमा उनले म्यानचेस्टरविरुद्ध  खेल्ने अवसर पाएका थिए उनको क्लब थियो, कान्सास सिटी विजार्ड्स 'मेजर लिग सकर' अमेरिकाको सर्बोच्च फुटबल हो कान्सास मेजर लिग सकर खेल्ने १६ मध्ये एक क्लब
कान्सासको १९ नम्बरको नीलो जर्सी लाएर सब्स्िटच्युटको रुपमा मैदान प्रवेश गरेका सुनिलले म्यानचेस्टरविरुद्ध २१ मिनेट खेलेका थिए पचास हजार दर्शक अगाडि कान्सासले उनलाई टिमको एक्लो स्ट्राइकरको रुपमा खेलाएको थियो पाँच फिट इन्च उचाइका उनले त्यस्तो खासै उल्लेख्य खेल देखाउन सकेनन् तैपनि कान्सासले खेल - ले जित्यो विश्व फुटबलका थोरै क्लब म्यानचेस्टरलाई हराउने क्षमता राख्छन्
आफैले गोल गर्न नसके पनि म्यानचेस्टर माथिको जित सुुनिलले जीवनभरि भुल्ने छैनन् भारतीय फुटबलको इतिहासमा उनको जित अमिट रहने म्यानचेस्टरविरुद्ध खेल्ने उनी दोस्रो भारतीय हुन् यसअघि दोस्रो श्रेणीको इङलिस क्लब 'बरी' मा हुँदा भाइचुङ भुटियाले सन् २००१ को लिग कपमा ओल्ड ट्राफोर्डमा म्यानचेस्टरविरुद्ध खेलेका थिए जसमा उनको टिमले पराजय भोगेको थियो
रायन गिग्स, पल स्कल्स, नानी, डिमित्री बेर्बातोभजस्ता स्टार सामेल सर एलेक्स फर्गुसनको टिमविरुद्ध खेल्न पाउनु चानचुने होइन कीर्तिमान १८ पल्ट इङलिस प्रिमियर लिग जितेको म्यानचेस्टर बबी चाल्र्टन, जर्ज बेस्ट, एरिक क्यान्टोना, डेविड बेक्हम क्रिस्टियनो रोनाल्डोजस्ता हस्तीको पूर्व क्लब हो महत्वकांक्षी सुनिलको लक्ष्य इङलिस पि्रमियर लिग खेल्ने हो त्यसैले पनि उनका लागि म्यानचेस्टरसँगको खेल विशेष रह्यो
'इङलिस पि्रमियर लिग खेल्ने सुनिलको टार्गेट हो,' नयाँ दिल्लीमा रहेका सुनिलका बुबा केबी क्षेत्रीले टेलिफोनमा भने, 'त्यसैले सधैं अमेरिकी क्लबमा बस्न चाहँदैन आफ्ना छोराले चाँडै नै इङल्यान्ड वा युरोपका कुनै क्लबमा खेल्ने मौका पाउनेमा उनी आशावादी छन् उनले भनेजस्तो सुनिलको लक्ष्य प्राप्तिको बाटो सहज भने छैन युरोपमा खेल्ने हो भने उनको फुटबल कौशलमा थप सुधार जरुरी कान्सासमै पनि पहिलो रोजाइको टिमका लागि योग्य हुनु पर्नेछ
कडा मेहेनत, लोभलाग्दो कौशल, बलियो आत्मविश्वास चलाखीपूर्ण दिमागको संयोजन सुनिलमा यी तीन गुणले नै उनका लागि अमेरिकी फुटबल ढोका खोलेको हो युरोपेली क्लबमा आबद्ध हुने लामो प्रयास निरर्थक भएपछि उनी मार्चमा कान्सासतर्फ लागेका हुन् युरोपमा ट्रायल दिन गएदेखि नै उनीमाथि कान्साससँगै डिसी युनाइटेडको पनि आँखा गढेको थियो
ताप्लेजङुको सान्लुप्पा पुख्र्यौली भएका २६ वर्षे सुनिलले सन् २००८ देखि बेलायती क्लब लिड्स युनाइटेड, सेल्टिक, कभेन्ट्री क्वीन्स पार्क रेन्जर्समा आबद्ध हुने प्रयास गरेका थिए उनलाई दुई वर्षे अनुबन्ध प्रस्ताव क्वीन्स पार्कले गरेको थियो फिफा विश्व वरियतामा भारत शीर्ष ७० स्थानमा नरहेकाले इङल्यान्डले 'वर्क परमिट' दिएन त्यसले इङलिस क्लबका लागि खेल्ने लक्ष्य तत्कालका लागि अपुरो बनायो उनले अमेरिकातिर पाइला लम्काए
सुनिलले फुटबलमै करिअर बनाउने कुरा नौ बर्षअघिसम्म पनि सोचेंका थिएनन् 'सन् २००१ मा क्वाललम्पुरमा भएको एसियन स्कुल च्याम्पियनसिपमा निक्कै राम्रो खेलेपछि फुटबल खेल्नसक्ने उनमा आत्मविश्वास पलाएको थियो,' केबीले भने, 'त्यसपछि भारत फर्केयता फुटबलमा पुरै व्यस्त हुन थाल्यो ' त्यसअघि उनी राम्रो स्कुलमा पढ्न छात्रवृत्ति पाउने आसमा फुटबल खेल्थे
सुनिलले सानैदेखि स्ट्राइकरको पोजिसन लिएका थिए उतिकै भलाद्मी, मिलनसार मेहेनती छन् उनी पाएको मौकामा गोल हान्ने उनको खुबी अहिलेसम्म घटेको छैन, झन् निखारिदै गएको स्कुले छँदा सुनिल राम्रा क्रिकेटर पनि थिए विकेट किपिङ, ब्याटिङ अफ स्पिन बलिङ गर्थे 'फुटबलमा राम्रो गर्ने लागेकाले उसलाई त्यसैमा लाग्ने सल्लाह दिएँ,' केबीले बताए सुनिल भलिबल ब्याडमिन्टन पनि मजाले खेल्थे
हैदरावादनजिक सेकुन्दरावादमा जन्मेका सुनिल पिताको नोकरी सरुवा पछ्याउँदै सिक्किमको बहई, दार्जिलिङको बेथनी हुदै कोलकाताको लोयोला दिल्लीको आर्मी पब्लिकमा स्कुले शिक्षा लिएका थिए सोह्र बर्षको कलिलो उमेरमै उनी आई लिगको क्लब जेसिटीमा आबद्ध भएका थिए भारतका ठूला क्लबहरु मोहन बगान, इस्ट बंगाल डेम्पो स्पोर्टस्बाट पनि खेले
आई लिगमा सर्वाधिक पारिश्रमिक थाप्ने भारतीय खेलाडि हुन् सुनिल डेम्पोले उनलाई वार्षिक ७२ लाख रुपैयाँ दिएको थियो सन् २००७ मा जेसिटीका लागि १२ गोल गर्दै आई लिगको सर्वाधिक गोलकर्ता भएपछि उनको भाग्य चम्किन थालेको हो त्यही बर्ष उनी भारतको प्लेयर अफ इयर पनि चुनिए लामो समयपछि भारतले नेहरु कप जित्दा उनी टिमका नायक थिए
कान्सासका प्रशिक्षक पिटर भेर्मेजको भनाइमा सुनिल उत्कृष्ट खेलाडि हुन् भेर्मेज भन्छन्, 'उनी एक पूर्ण खेलाडि हुन् दिमाग लाएर फुटबल खेल्छन् निक्कै मेहेनती छन् उनमा गजबको फुटबल कला पनि प्राविधिक रुपमा उनी उत्कृष्ट छन् प्रशिक्षणमा सिक्ने बेला उनी सबैभन्दा अगाडि हुन्छन् ' पि्र-सिजनका तीन खेलमा चार गोल गरेका उनले खुट्टामा बल नहुँदा पनि प्रतिद्वन्द्वी डिफेन्सलाई झुलाइरहने उनका प्रशिक्षक बताउँछन्
सन् २००८ मा माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिपमा सुनिलले नेपालविरुद्ध एक गोल गरेका थिए गान्तोकमा चिराग युनाइटेड विरुद्धको प्रदर्शनी खेलमा भाइचुङ-११ बाट नेपाली डिफेन्डर अञ्जन केसी सुनिल एउटै टिममा थिए 'उनी एयर बल खेल्न माहिर छन्, राम्रो जम्प गर्छन्, निक्कै छरिता छन् उनको नियन्त्रणबाट बल खोस्न साह्रै गाह्रो हुन्छ,' अञ्जानले आफ्नो अनुभव सुनाए बर्षैभरि फुटबलमा व्यस्त रहँदा रहँदै पनि १२ कक्षाको परीक्षामा ल्याएको ७४ प्रतिशत अंकले पनि सुनिल पढाइमा उत्तिकै तेज भएको स्पष्ट हुन्छ
भारतको नीलो जर्सीको ११ नम्बरमा देखिने उनले ३५ खेलमा १६ गोल गरेका छन् सन् २००४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपबाट उनले अन्तराष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए सन् २००८ को एएफसी च्यालेञ्ज कपमा उनले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरे ताजकिस्तानविरुद्धको फाइनलमा उनले गरेको ह्याटि्रक सहयोगमा भारत च्याम्पियन बनेर एसिया कपमा छनोट भयो जुन आधुनिक फुटबलमा भारतको ठूलो सफलता हो
भारतीय सेनाका रिटायर्ड अफिसर केबी सुशीलाका एक्लो छोरा सुनिल अहिले एसिया कपको तयारी क्रममा पोर्चुगलमा प्रशिक्षणरत भारतीय टिमसँग छन् अब जनवरीमा दोहामा हुने एसिया कपसम्म उनलाई भारतले कान्सास र्फकन दिने छैन उनी भाइचुङ भुटियाभन्दा पनि उत्कृष्ट खेलाडि मानिन्छन् 'भाइचुङ भाग्यमानी हुन्, सुनिल क्षमतावान्,' भारतीय प्रशिक्षक डेरिक परेराले टाइम्स अफ इण्डिया (क्रेस्ट) लाई हालै बताएका छन् भारतीय राष्ट्रिय टिमका बेलायती प्रशिक्षक बब हटन पनि सुनिल बिनाको टिम अपुरो हुने बताउँछन्
आकर्षक अनुहारका सुनिललाई देख्नेबित्तिकै केटीहरु झ्याम्मिन्छन् तर उनले - बर्ष अझै बिहे नगर्ने उनका बुबा बताउँछन् भन्छन्, 'आमाले रोजेको केटी बिहे गर्छु भन्छ ' ब्राजिलका रोनाल्डो अर्जेन्टिनी लियोनल मेस्सी सुनिलका फेभरेट खेलाडि हुन् उनी स्पेनी क्लब बार्सिलोना मन पराउँछन् गत बर्ष भारतीय टिम प्रशिक्षणको लागि बार्सिलोनाको एकेडेमी 'ला मसिह' पुगेपछि सुनिल एकदमै उत्साहित भएको केबीले बताए
भारतीय सेनामा भर्ती भएका सुनिलका बाजे तिलबहादुर दार्जिलिङको बिजनबारी बसाइँ सरेपछि क्षेत्री परिवारले नेपाल छाडेको थियो झापाको शनिश्चरे-, सालबारीमा अहिले पनि सुनिलका दुई काका छन् उनको मावली झापाकै बाहुनडाँगी हो 'दुई बर्षअघि उनको ब्रतबन्ध पनि झापामै भएको थियो,' बुबा केबीले भने, 'त्यसपछि भने नेपाल गएको छैन फुटबलमै व्यस्त फुर्सदमा जाने भन्छन् '
फुटबलमय मावली वातावरणले पनि सुनिलको फुटबल मोह चुलिएको हो उनका मामा गणेश पाण्डे दुई दशकअघिसम्म जनकपुर चुरोट कारखानाका खेलाडि थिए सुनिलका आमा सुशीला पनि बिहेअघिसम्म फुटबल, भलिबल एथ्लेटिक्सका खेलाडी हुन् सुशीलाकी जुम्ल्याहा जमुनाले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको जर्सीसमेत लगाइन्

 श्रोत :कान्तिपुर अनलाइनबाट 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply