गाँजासहित ३ जना पक्राउ
मेचीनगर अनलाइन
|
Saturday, August 14, 2010
|
0 comments
दिनेश कार्की झापा ।
मेची अन्चल प्रहरी कार्यालयको एक टोलीले शनिवार दिउसो भारत तयारी गाजासिहत ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय का“कडभिट्टामा पत्रकार सम्मेलनमार्फत गाजाका अभियुक्तलाई सार्वजनिक गरिएको छ । अन्चल प्रहरी कार्यालयका निरीक्षक वासुदेव यादवको नेतृत्वको टोलीले झापाको मेचीनगर १ धुलावारीबाट उक्त परिमाणको गाजा वरामद गरेको हो ।टोलीले धुलावारीका भुवनसिंह राजवंशीको घरवाट लुकाइ राखेको २ क्वीन्टल ७२ केजी ८ सय ८५ ग्राम वरामद गरेको हो ।
यो गाजा प्रतिकेजी २ हजारदेखि ३ हजारसम्म विक्री हुने प्रहरीको भनाई छ ।प्रहरीले यसको अन्दाजी मुल्य करिव साढे ४ लाख निर्धारण गरेको छ । प्रहरीले गाजासहित राजवंशी र मकवानपुर ९ का २५ वर्षीय भीमबहादुर लामा र सोही स्थानका २६ वर्षीय जीवन मोक्तानलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट करिव १ लाख ४७ हजार रुपैया नगद पनि वरामद गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका अभियुक्तलाई लागु पदार्थ नियन्त्रण ऐन २०३३ वमोजिम कार्वाही गरिने छ । तीनैलाई ऐन वमोजिम कार्वाही गर्दा २ देखि १० वर्षसम्म कैद र १५ देखि २० लाख रुपैयासम्म्म जरिवाना या दुवै हुने प्रावधान छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed