एक सताब्दी पार गरेकी आमैको अनुभव
मेचीनगर अनलाइन
|
Sunday, August 15, 2010
|
0 comments
प्रकाश पौडेल विर्तामोड,
![]() |
| लेखक : प्रकाश पौडेल |
एकसय बर्षकी आमै, झापाको केन्द्रविन्दु विर्तामोडदेखि करिब ५ किलोमिटर तल हर्चना चोकदेखि १ किलोमिटर पूर्वपट्टि, सानो काठको घर, अनुभव साटासाट गरौं न नेशनल टेलिभिजन झापाका साथी दिनेशले भने । बाटोमा जाँदै गर्दा, धेरै कुराहरु मेरो मनमा खेले । आमैले बा हामीले सोधेको प्रश्नको उत्तर दिन रिसाउने पो हुन कि, या त हामीसँग बोल्न डराउछिन् कि ? भन्छन्, शरिर बुढो भएपछि दिमाग पनि बुढो हुन्छ भनेर, तर आमै शारीरिक रुपमा बुढो भएपनि मानसिक ज्ञान भने खासै कमजोर भएको रहेनछ । बाह्र बजे मध्यान्हतिर हामी त्यहाँ पुग्यौं । घरमा आमै र बुहारी मात्र बस्दा रहेछन्, चियासँग पाउरोटी खाँदै गरेकी आमैले हामीलाई देखेपछि सम्मानका साथ कुर्चीमा बस्न आग्रह गरिन । मलाई अचम्म लाग्यो । किनकि मेरो सोचाई ठिक उल्टो सावित भयो, तेह्रथुम जिल्लाको युवामा जन्मेकि आमैले एक शताव्दी पार गरी सकेकि छिन्, बुहारी नै ७५ बर्षकी भईन अरे, भन्दै थिइन “बाबु आमैले चामल आफै हेर्नुहुन्छ” हजुरआमाको विहे कहिले भो त ? आफ्नो क्यामेरा आमैतर्फ देखाउँदै दिनेशले भने ।आमैकी बुहारीले भन्दै थिईन अझै पनि तल्लो घर माथ्लो घर हिड्न सक्नुहुन्छ । “सव्जी केलाईदिनुहुन्छ, चामल हेर्दिनुहन्छ, गाई सार्न समेत आफै जान खोज्नुहुन्छ तर म आफै जान दिन्न, पहिलोचोटी गाडी झापामा चढेकी तर कहिले थाहा छैन । आफ्नो हार्ड डिक्सलाई रिफ्रेस गर्न खोजे पनि ठयाक्कै समय भन्न सकिनन् सुरुमा चढ्ता त साह्रै रमाईलो लागेको थियो, यो सेतो घर त किन कुदेको भनि म त त्यतिखेरै चिच्याएँ ।
छाँयादेवी प्रसाई तीनै आमै झापा झरेको चालिस वर्ष भयो अरे, सुरुदेखि नै गरामनीमा बसेकी उनि अहिले पनि त्यही नै छिन् बाँच्न त मन नभएपनि भगवानको ईच्छामा रमाउने उनको ईच्छा छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed