पूर्वबाट भित्रिने पर्यटकमा वृद्धि
मेचीनगर अनलाइन
|
Monday, August 30, 2010
|
0 comments
काँकडभिट्टा, भाद्र १४ - पूर्वी नाका भएर नेपाल प्रवेश गर्ने तेस्रो देशका पर्यटकको संख्या बर्सेनि बढ्दै गएको छ । अध्यागमन कार्यालय काँकडभिट्टाले उपलब्ध गराएको साढे ५ वर्षको तथ्यांकले यस्तो देखाएको हो । कार्यालयका अनुसार सन् २००५ देखि १० को जुलाईसम्ममा २४ हजार ७ सय ४३ जना पर्यटक नेपाल प्रवेश गरेका छन् । यसै अवधिमा २१ हजार २ सय ८५ जनाले बहिर्गमनमा यो नाका प्रयोग गरेका छन् । सन् २००५ मा ३ हजार १ सय १४, २००६ मा ३ हजार ६ सय ५८, २००७ मा ४ हजार ५ सय ४५, २००८ मा ५ हजार २ सय ६, २००९ मा ५ हजार १३ र २०१० को ७ महिने अवधिमा ३ हजार २ सय ७ जना तेस्रो देशका पर्यटक नेपाल प्रवेश गरेका हुन् । नेपाल छिर्नेमध्ये सबभन्दा बढी अमेरिकी छन् । त्यसपछि दक्षिण कोरिया,
फ्रान्स, जापान, बेलायत र बंगलादेशी छन् । सन् २००९ मा ७ सय ४७ जना अमेरिकी नेपाल आएको अध्यागमनको तथ्यांकले देखाएकोछ । सन् २०१०को जुलाईसम्म पनि अमेरिकी पर्यटकको नेपाल आगमन बढ्ता छ । यो अवधिमा ४ सय ७१ नेपाल आएका हुन् ।यसअघि अत्यधिक संख्यामा नेपाल आएका बंगलादेशीको आगमन दर भने प्रत्येक वर्ष घट्दो छ । सन् २००७ मा सबभन्दा बढी १२ हजार ५ सय ५३ जना नेपाल प्रवेश गरेकामा चालू आर्थिक वर्षको जुलाईसम्ममा ४ सय ९७ जना मात्रै नेपाल आएका छन् ।Year | No Of Tourist |
2005 | 3,914 |
2006 | 3658 |
2007 | 4545 |
2008 | 5206 |
2009 | 5013 |
2010 Upto July | 3207 |
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed