• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

झापामा राष्ट्रिय सहकारी बैंक

सुव्रत न्यौपाने १४ भाद्र विर्तामोड झापा/ जिल्लाका सहकारीले आफ्नै बैंकमार्फत कारोबार गर्न पाउने भएका छन् । झापाको बिर्तामोडमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना भएपछि यहाँका सहकारीका लागि वित्तीय कारोबार सहज भएको हो । झापामा पाँच वर्षदेखि सहकारी बैंक स्थापनाका लागि पहल भइरहेको थियो ।
बंैक स्थापनाका लागि जिल्लाका एक सय दुईवटा सहकारी संस्थाले सेयर लगानी गरेका छन् । झापामा चार सय ५० वटा सहकारी संस्था दर्ता छन् । तीमध्ये ५० वटाको कारोबार ठप्पप्रायः छ । झापाका सहकारीको वित्तीय कारोबार तीन अर्बको हाराहारीमा छ ।
साउन १ गतेदेखि कारोबार सुरु गरेको राष्ट्रिय सहकारी बंैकको बिर्तामोड शाखा आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । बैंकको उद्घाट
न राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले गरे । उद्घाटनपछि बिर्तामोडको अतिथिसदनमा आयोजित कार्यक्रममा उनले देशको अर्थतन्त्र व्यवस्थापनमा सहकारीले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
'बैंकको स्थापनापछि यहाँका सहकारीले दोहोरो सेवा पाउँछन्,' अध्यक्ष बडालले भने, 'ऋण लिनका लागि अब निजी बंैकलाई घुस ख्वाएर चाकरी गरिरहनुपर्दैन ।' यसअघि ऋण नदिने निजी बैंकले सहकारीको निक्षेप मात्र जम्मा गर्दै आएका छन् । राष्ट्रिय सहकारी बंैकले भने आर्थिक समस्यामा परेका सहकारीलाई संस्थाको अवस्था हेरेर ऋण दिने व्यवस्था गरेको छ ।
मुलुकका सबै प्रकारका सहकारी संघसंस्थाको एक मात्र बैंकका रूपमा रहेको राष्ट्रिय सहकारी बैंकमा १५ करोड रुपैयाँको सेयर पँुजी छ । त्यसमा सरकारले दुई करोड रुपैयाँ सेयर लगानी गरेको छ । सरकारले सुरुमा एक करोड र ०६५/६६ को वार्षर्िक बजेटमार्फत थप एक करोड रुपैयाँ सेयर लगानी गरेको थियो । ०६० साउनमा नेपाल सरकार कृष ितथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी विभागमा दर्ता भएको बैंकले १९ साउन ०६१ देखि कारोबार सुरु गरेको हो । प्रारम्भमा पाँच सय सहकारी संस्था सेयर सदस्य रहेकोमा हाल यो संख्या दुई हजार नाघेको छ ।
मुलुकको १८औँ शाखाका रूपमा स्थापित बंैकको बिर्तामोड शाखामा आइतबार मात्रै दुई करोड ८४ लाख रुपैयाँ जम्मा भएको छ । जिल्लाका दुई दर्जनभन्दा बढी सहकारीले सो रकम जम्मा गरेका हुन् ।
सबैभन्दा बढी दमकस्थित मेची सहकारी संस्थाले रकम जम्मा गरेको राष्ट्रिय सहकारी बंैक बिर्तामोड शाखाका सञ्चालक सदस्य रुद्रमणि श्रेष्ठले बताए । बैंकमा मेची सहकारीले ३० लाख रुपैयाँ जम्मा गरेको छ ।
बिर्तामोडको सतासी बहुमुखी, धुलाबारीको हाम्रो बहुउद्देश्यीय र काँकडभिट्टाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले १०/१० लाख रुपैयाँ जम्मा गरेका छन् । सहकारीले जम्मा गरेको सो रकमबाट नियमित कारोबार हुने बैंकले जनाएको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply