• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

नेपाल लोकतान्त्रिक मञ्च दोहा,कतारद्वारा इप्तार कार्यक्रम सम्पन्न ।

“अनेकतामा एकता नेपालीको विषेशता” भन्ने मुल उद्घोषका साथ गत हप्ता नेपाल लोातान्त्रिक मञ्च दोहा कतारको आयोजनामा इस्लाम धर्मालम्विको पवित्र पर्व रमजानको अवसरमा “ईप्तार” कार्यक्रम सम्पन्न गरेको छ । नेपाल लोकतान्त्रिक मञ्चका केन्द्रीय अध्यक्ष रामहरी गैहे्रको सभापतित्वमा सम्पन्न उतm कार्यक्रमा प्रमुख अतिथि नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्का, विषेश अतिथिहरुमा लोकतान्त्रिक मञ्चका संगठन सचिव छविलाल वि.क, त्यसै गरी रमजानको अवसमा कतार गेष्ट सेन्टर तथा शेख इद च्यारिटी फाउन्डेशनको निमन्त्रणमा कतार आउनु भएका इलामिक गुरु अव्दुल्लाहा अव्दुल तव्वाब अल मदनी लगायत अन्य वरीष्ठ धर्मगुरुहरुको विषेश अतिथ्य, नेपाल लोकतान्त्रिकका संस्थापक अध्यक्ष कमलमणि गुरागाईँ, संगठन उप–सचिव चाणक पोखे्रल, गैह्र आवसीय नेपाली संघका निवर्तमान सदस्य तथा कतार प्रतिनिधि टेकवहादुर कार्की, प्रवासी मुस्लिम समाज कतारका अध्यक्ष मकसुद आलम ,समाजसेवी तथा अरवी साहित्यकार रमजान अलि मियाँ, कपिलवस्तु मुस्लिम समाजका अध्यक्ष मोहम्द मुकिम मुसलमान लगायत विभिन्न जिल्लाका मुस्लिम समुदायको उपस्थित रहेको थियो ।

नेपाल लोकतान्त्रिक मञ्चका सदस्य जीयावावु खानले स्वागत मन्तव्यको क्रममा नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारले प्रवासमा रहेका प्रवासी नेपाली वीच एकताको सन्देश फैलाउँदै भावनाले होइन व्यवहारले प्रवासी नेपालीको मुद्दासँग सहकार्य गर्दै आएकोमा जनआन्दोलन –२ वाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको मुलधारमा रही मञ्चले खेलेको भुमिकको उच्च मुल्याङ्गन गर्दै उपस्थित सवैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा गैह्र आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष अजिजुर रहिमान शेषले मुस्लिम समुदायमा रहेको व्याप्त दाइजो प्रथालाई राज्यको तर्फवाट अविलम्व हटाउनका लागि अव वन्ने लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मार्पmत हटाउनु पर्ने तर्क राख्नु भएको थियो । समाजसेवी तथा अरवी साहित्यकार रमजान अलि मियाँले नेपाल लोकतान्त्रिक मञ्च कतारले आयोजना गरेको कार्यक्रम वास्तवमा नै एक ऐतिहासिक दस्तावेजको रुपमा रहेको आभाष व्यतm गर्नु भएको थियो । कतारमा विगत वर्षहरुदेखि इस्लामिक पर्वका अवसरमा मात्र इस्लाम धर्मालम्विहरुले मात्र पर्वहरु मनाउँदै आइरहेको र यस वर्ष नेपाल लोकतान्त्रिक मञ्च कतारले यो कार्यक्रमको आयोजना गरि कतारमा कार्यरत नेपालीहरु विच मात्र होइन विश्वभर छरिएर रहेका नेपालीहरुमा एकताको सन्देश फैलाउने सन्देश दिएकोमा आभार समेत व्यतm गर्नु भएको थियो । गैह्र आवसीय नेपाली संघ अन्ताराष्ट्रिय समन्वय परिषदका निवर्तमान सदस्य टेकवहादुर कार्कीले मुलुकको व्यवस्था परिवर्तनको साथ–साथै विशेषत जन–आन्दोलन २ को मर्म र व्यवस्थापिका संसदको पहिलो वैठकको घोषणा अनुसार नेपाल धर्म निरपेक्ष राष्ट्रको रुपमा रुपान्तरण भैसकेको त्यसैको आधारमा लोकतान्त्रिक मञ्च कतारले विगतका वर्षहरुमा नेपाली पर्वहरु दशै, तिहार जस्ता पर्वहरुलाई भुमधामका साथ मनाउँदै आएको र यस वर्षदेखि यस मञ्चले सवै धर्मावलम्विहरुको महत्वलाई आत्मवोध गर्दै अगाडि वढाएको यस प्रकारका विविध पक्षहरुसँग संवद्व रहेको चाडपर्वलाई महत्व दिने क्रममा लोकतान्त्रिक मञ्च दोहा कतार सदैव तत्पर रहने विषयमा आशावादी रहेको उहाँको भनाई थियो । मन्तव्यको क्रममा लोकतान्त्रिक मञ्चका संस्थापक अध्यक्ष कमलमणि गुरागाईले परापुर्वकालदेखि नेपाली समाजमा रहेको धार्मिक विभेदलाई अन्त्य गरी नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारले विविधतामा एकताको वास्तविक सन्देश छरेको उल्लेख गर्नु भयो । आफ्नो मन्तब्यको क्रममा प्रवासी नेपाली मुस्लिम समाजका अध्यक्ष मक्सुद आलमले गैह्र मुुस्लिम संगठनले समेत यस्तो किसिमको कार्यक्रमको आयोजना गरी विविधतामा एकताको सन्देश दिने अभियानको शुरुवात भएकोमा खुशी व्यक्त गर्नुभयो । मुस्लिम धर्मका प्रकाण्ड धर्मगुरु अव्दुल्लाह अव्दुल तव्वाब अल मदनीले सम्पूर्ण विदेशिएका नेपालीहरुवीच यस्तै एकता कायम गरी अधिबढ्न सुझाउनका साथै नेपाली दुतावासले देखाएको सदाशयताप्रति आभार व्यक्त गर्नुभएको थियो । 
कार्यक्रमका विषेश अतिथि तथा संगठन विभागका सचिव छविलाल वि.क.ले नेपालमा राजनीतिक तवरबाट मुस्लिमहरुको हकहितका लागि ने.क. पा.एमाले मात्र मुस्लिमहरुको संगठन गठनगरी उनिहरुका हकहितका लागि लड्दै आईरहेको र त्यसको अनुसरण कतारमा स्थापित नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारले यस कार्यक्रमको आयोजना गरी एउटा नयाँ इतिहास रच्न सफल भएकोमा आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्काले जनआन्दोलन  २ को मर्म अनुरुप नेपाल धर्म निरपेक्ष भई सकेको र सबै जाताजाती, भाषाभाषी र धर्मावलम्बिहरुको सहअस्तित्व निर्माण गर्नुपर्ने कुरामा एकतावद्ध भई लागिपर्नुपर्ने आजको आवश्यकता रहेको औँल्याउनु भएको थियो । अन्त्यमा सभापति तथा नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारका अध्यक्ष रामहरी गैह्रेले यस कार्यक्रमले विश्वभरी छरीएर रहेका नेपालीहरु विच एकताको सन्देश फैलाउन महत्वपूर्ण उत्प्रेरकको रुपमा रहन सक्ने विश्वास राख्दै आगामि दिनहरुमा समेत भावनामा मात्र नभई व्यवहारिक रुपमा सबैले काम गर्न सके वास्तविक एकता हुने विश्वास दिलाउँदै कतारमा कार्यररत नेपाली मुस्लिम समुदायवीच हातेमालो गर्दै अगाडि बढ्ने विषयमा प्रष्ट पार्दै उक्त कार्यक्रमलाई सहयोग पु¥याउनु हुने दोहास्थित स्थापित नेपाल प्रवासी मुस्लिम समाज, कपिलवस्तु मुस्लिम समाजलाई विषेश धन्यवाद दिँदै कार्यक्रको समापन गर्नुभएको थियो । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply