• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

गुठी जाग्यो अब भू–भाफियाविरुद्ध

विर्तामोड, १ भदौ । 
देवी गुठी संरक्षण तथा संघर्ष समितिले भू–माफियाबाट जग्गा फिर्ता गराउन मंगलबारदेखि काम सुरु गरेको छ
सर्वोच्च अदालतबाट मुद्दा पुनरावलोकन गराउन अधिवक्ताद्वय जनक पाण्डे र अशोक पोखरेलको कानुनी सहयोग लिने निर्णय गर्दै काम सुरु गरेको हो । कामलाई व्यवस्थित ढंगले सञ्चालन गर्न समितिमा चार जनालाई थप गरिएको र पूर्व सांसद डिल्ली सिटौलाको संयोजकत्वमा सल्लाहकार समिति बनाइएको समितिका संयोजक लोकबन्धु कन्दङवाले जानकारी दिनुभयो ।

उहा“का अनुसार समितिमा एकराज कार्की, मदनगोपाल सुब्वा, केशव पाठक र लक्ष्मण खड्कालाई थपिएको छ । त्यस्तै, सल्लाहकारहरुमा जिल्लामा रहेका राजनीतिक दलका प्रमुखहरु, रविन कोइराला, राजु आचार्य, सुधिरकुमार शिवाकोटी, उद्धव थापा, हर्क खड्का, मोहन काजी, भरतलाल गिरी, टेकबहादुर खजुम, वेदप्रकाश अग्रवाल, युवराज गिरी, कृष्ण हुमागाईं, राजकुमार पोखरेल, लक्ष्मी आचार्य, केशव आचार्य, विनोद पोखरेल, तिलक गुरुङ, धनराज योङहाङ, राजेन्द्र थापा, दिनेश मित्तल, राजकुमार राजवंशी, पदम राजवंशी, गोपाल प्रसाईं रहनु भएको सदस्य जलकुमार गुरुङले जानकारी दिनुभयो ।
समितिले जिल्ला प्रसाशन कार्यालयमार्फत र संविधानसभाका सभासदहरुको टोलीले प्रधानमन्त्रीलाई ज्ञापन दिने निर्णय गरेको छ । त्यस्तै, डोमालाल रंगशालाको जग्गा संरक्षणमा युवा सहभागिताका लागि वडास्तरीय फुटवल आयोजना गर्ने निर्णय गरेको सदस्य भोजराज सिटौलाले बताउनुभयो । समितिले विगतको संरक्षण समितिका संयोजक खगेन्द्र प्रसाईंस“ग आवश्यक कुरा वुझ्ने र सवै विकल्पलाई हेर्दै अगाडि बढ्ने निर्णय लिएको अनारमनी गाविसका सचिव एवम् समितिका सचिव जिवराज भट्टराईले जानकारी दिनुभयो ।

शिवालय मन्दिरको जग्गालाई पनि ब्यवस्थित गर्ने
विर्तामोड, १ भदौ । 
देवी गुठी संरक्षण तथा संघर्ष समितिले भू–माफियाबाट जग्गा फिर्ता गराउनुका साथै अनारमनी–९ को शिवालय मन्दिरको नाममा रहेको जग्गाको आम्दानी पनि खाज्ने भएको छ ।
मन्दिरका नाममा गरामनी–७ मा रहेको लगभग छ विगाहा पा“च कठ्ठा जग्गाको २०५७ सालदेखि ठेक्का प्राप्त नभएकाले त्यसको खाजी गर्ने समितिका सदस्य दिपेन्द्र पोखरेलले जानकारी दिनुभयो । त्यसबाट प्राप्त आम्दानीले डोमालाल रंगशाला निर्माण गरिने बताइएको छ ।
शिवालय मन्दिरको १ कठ्ठा टेप्री भन्ने चेप्टी राजवंशीले, २ कठ्ठा गौतम राजवंशीले, २ विगाहा १७ कठ्ठा भीमप्रसाद संग्रौलाले, ७ कठ्ठा जानुकादेवी विश्वकर्माले, १ विगाहा ४ कठ्ठा १० धुर चन्द्रबहादुर बस्नेतले, १ विगाहा १० कठ्ठा डिल्ली चुडालले र १ विगाहा १ कठ्ठा विष्णु चुडालले कमाई रहेको अनारमनी गाविसले जनाएको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply