कांग्रेसको महाधिवेशन र विश्वप्रकाश
मेचीनगर अनलाइन
|
Tuesday, August 17, 2010
|
0 comments
दिनेश कार्की ।सबै युवावर्गको एउटै आशा थियो की हाम्रा युवा नेता विश्वप्रकाश शर्माको विजयी हुन्छ भनेर । त्यो भएन । ती सबै आशा त्यान्द्राहरु चुडिए । सबैको मन खीन्न भए । उज्याला र हँसिला अनुहारहरु निराशामा परिणत भए । उनीहरुमा भएको उत्साह र उमङ्ग कता हरायो कता ? पत्तै भएन । सुस्त अवस्थामा रहेको कांग्रेस यस पटकको झापा अधिवेशन र विश्वप्रकाश शर्माको उपस्थितिले कांग्रेसीहरुमा एक प्रकारको शक्ति नै मिलेको थियो भन्दा अत्युक्ति नहोला । एउटा यस्तो शक्ति जसले झापाली कांग्रेसलाई मात्र नभएर आम झापालीलाई नै हलचल मच्चाइदिएको थियो । प्रत्येक युवावर्गमा एउटै आवाज थियो ‘विशु दाई’ तर ती हिजो घन्किने आजावमा आज कता–कता निराशाका स्वरहरु सुन्न थालियो । आज विश्वप्रकाशको हारले स्तब्ध बनेका युवाशक्तिहरुमा नयाँ जोश र जाँगर फेरि पनि उनैले थपिदिनु पर्छ । हिजो चर्की–चर्की ‘विशु दाई’ भन्नेहरु आज सुस्ताएका छन् । यो पनि आफैमा एउटा अद्भुत हो । हुनपनि मिलनसार, कुशल राजनीतिज्ञ, विश्लेषक, बुद्धिजीवि इत्यादि जुन शब्द प्रयोग गर्दामा पनि उनलाई ‘सुट’ गथ्र्यो र गर्छ पनि । त्यो हार विश्वप्रकाश शर्माको हार थिएन । थियो त नेपाली कांग्रेसको, नेपाली कांग्रेसप्रति विश्वास राख्ने जोसिला र जुझारु युवावर्गको । देशको अनि समग्र झापाली जनताको । चुनावी मैदानमा उत्रेका शर्मा निकै उत्साह र जोश लिएर परिवर्तन गर्ने दृढ संकल्पका साथ एकाएक अगाडि आएका थिए । विद्यार्थी उमेरबाटै राजनीतिक यात्रा सुरु गरेका शर्मा नेपाली कांग्रेसभित्र बर्षौंदेखि चल्दै आएको एउटै शैली र परिपाटीबाट मुक्त गराई पार्टीमा आमुल परिवर्तन गर्न चाहन्थे । तर त्यो गर्न पाएनन् तै पनि यसका सम्भावनाहरु भने अझै जीवितै छन् । यहाँबाट केही पुनः आश गर्ने मार्ग भने प्रसस्त छ ।
भन्नेहरु भन्छन् हार नै जितको सुरुवात हो । हारले मान्छेलाई जिततर्फ कसरी लम्कने भन्ने बाटो देखाउँछ । जसले आफ्ना कमी कमजोरीहरु पत्ता लाग्छन् र सुधारात्मक बाटोतिर उन्मुख हुन्छन् । हो सायद यही भएर होला फेरि पनि विश्वप्रकाशले झापामा प्रकाश नछर्लान् भनेर भन्न सकिदैन । किनभने नेपाली कांग्रेसलाई मात्र होइन सबै नेपालीलाई शर्मा जस्ता युवा चाहिएको छ । सायद यो कुरा यसपालि मतदान गर्नेहरुले बुझेनन् होला । तर, विस्तारै यो कुरा पनि उनीहरुले बुझ्ने छन् भन्ने विश्वस्त छ यो पंक्तकार । अर्को कुरा के सत्य हो भने आफूलाई बलियो बनाउन नेपाली कांग्रेसका केन्द्रीय नेताहरु झापा आएका थिए । जहाँ ती नेताहरुको पछि कुद्ने खालका शर्मा नभएकै कारण उनीको विरुद्धमा उनीहररु पनि खनिए जुन शर्माको हारको प्रमुख कारण मान्न सकिन्छ । अर्को के पनि हो भने शर्माले झापाको राजनीति भन्दा पनि काठमाडौंकै राजनीतिसँग बढी नजिक रहे त्यो पनि उनको हारको कारण हुन सक्ने जानकारहरु बताउँछन् । हुनतः जसले जिते पनि कांग्रेसले नै जित्ने हो । अर्को के कुरा पनि सत्य हो भने उद्धव थापाले जित्दा मेरो कन्पारो तातेको भने पटक्कै होइन । मैले देखेको र बुझेको कुरा यहाँ कोट्याउन खोजेको मात्र हो । तर, सत्य कुरा यही हो कि शर्माको हारले युवा वर्गलाई निराश बनाएको छ । सबैको चाहना एउटै थियो नेपाली कांग्रेस झापाको नेतृत्व शर्माले गर्नुपर्छ तर त्यो हुन सकेन । कारण एउटै थियो जुन मैले यो भन्दा अगाडि लेखेको थिए । कांग्रेसले त्यसलाई कांग्रेस भन्छ जो बुढो र पैसावाल छ यसलाई अन्यथा नलियोस् । मेरो कलम फेरि पनि कसैको पक्षमा जादैछ नभिनियोस् । मैले त सुनेको र बुझेको कुरा मात्र कखरा लेख्न खोजेको हो । फेरि मलाई सबै बुझ्ने नभनियोस् किनभने यो बबुरा त्यस्तो बुझ्ने पनि होइन दुखेसो मन मष्तिष्कमा उब्जिएका कुराहरु कोर्ने मात्र हो । सायद यो लेख्दा मलाई एक पक्षीय लेखको रुपमा औल्याउलान् तर मलाई त्यसको कुनै परवाह छैन । छ त केवल एक युवा नेता जो झापामा आमुल परिवर्तनको निम्ति संघर्षरत थिए र छन् । उनलै फेरि पनि स्तब्ध बनेका युवाशक्तिहरुमा नयाँ जोश र जाँगर थपिदिनु पर्छ भन्ने मात्र हो ।नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा झापा सभापतिका लागि उमेद्वारी दिएका थिए शर्माले । नेपालभर युवा पुस्ता यो अधिवेशनले गर्दा निकै तातेको थियो । साच्चै भन्नु पर्दा अबको कांग्रेस भनेको युवा र परिवर्तनको कांग्रेस हो । विभिन्न जिल्लामा भएका चुनावको परिणामलाई हेर्ने हो भने पनि युवावर्गकै बाहुल्यता छ । अब भन्दा यो अनौठो हुन सक्छ किनभने विश्वप्रकाश शर्मा सभापतिको चुनावबाट बाहिरसकेका छन् तै पनि युवा वर्गको प्रतिनिधित्व गर्ने सक्ने झापामा उनै मात्र थिए । समय र सहकर्मीले उनलाई साथ दिएनन् । उनी एक्लो भए किनकी हाम्रो समाज अनि हामी त्यही समाजमा बस्नेहरु अलिकति भिन्न स्वभावका छौं । हामी पनि केही न केही स्वार्थ हेरिरहेका छौं । शर्मालाई जिताएर के नै हुन्छ र ? बर अन्यलाई जिताउन सके हाम्रो काम हुन्छ । किनकी त्यसलाई समर्थन गर्ने केन्द्रीय लेबलका ठूला–ठूला नेता छन् । यो एउटा सङ्कुचित सोच पनि शर्माको हारको एउटा कारण हुन सक्छ । आफूलाई स्वस्थ्य प्रतिस्पर्धीका रुपमा उभ्याएका शर्माको पछाडि थापाको जस्ता ठूला नेता थिएनन् । फेरि मान्छे बलेकै आगो ताप्ने हो निभेको को नै ताप्छ र ? हो यही भयो यसपटकको महाधिवेशनमा पनि । शर्माले पनि काठमाडौंबाट ठूला–ठूला नेता बोलाएर आफ्नो अघि–अघि हिडाएका भए उनले जित्न सक्थे होलान् । तर उनले त्यो गरेन् । खासगरी झापाली कांग्रेसले नयाँ विकल्पको खोजी गरेकै हो । तर नेताको अगाडि कार्यकर्ताको के नै चल्छ र ? त्यही भयो । जे भयो त्यो एकथरिका लागि राम्रा भयो भने अर्कोथरिका लागि नराम्रो । चुनाव भनेकै हार जितको खेल हो । कोही हारेर जित्छन् भने कोही जितेरै पनि हार्छन् र अर्को कुरा जित्नु नै सबैभन्दा ठूलो कुरा पनि होइन ।
अहिले मान्छेले चाहेको परिवर्तन नै हो । यो परिवर्तनमा एक्लै कसैले गर्न सक्दैन । यसका लागि फेरि पनि सबै एक हुनैपर्छ । चुनावी प्रतिस्पर्धामा शर्मा बाहिरिए पनि शर्मालाई झापालीको अझै साथ छ । त्यो साथलाई आत्मसात गरेर परिवर्तनको दिशामा अगाडि बढ्नु नै अहि ले सबैभन्दा उचित हुनेछ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed