• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

एक महिना पछि व्यवसायिक वाइफाइ इन्टरनेट


झापा भदौ २ ब्रोडलिङ्क कम्युनिकेसनले एक महिनापछिबाट व्यवसायिक रुपमा वाइफाइ इन्टरनेट सुरु गर्ने तयारी गरेको छ। व्यवसायिक वाइफाइ सेवा लिएपछि ल्यापटपका उपभोक्ताले काठमाडौंका अधिकांश ठाउँबाट इन्टरनेट चलाउन सक्नेछन्। 
‘हामी सेप्टेम्बर अन्तिमदेखि वाइफाइ सुरु गर्ने तयारीमा छौं,” ब्रोडलिङकका प्रवन्धक कृष्ण रावलले भने । कम्पनीले अहिले काठमाडौं, पोखरा, बुटवल र हेटौंडामा परिक्ष्गणको रुपमा निशुल्क वाइफाइ इन्टरनेट दिइरहेको छ।
साउनको सुरुदेखि व्यबसायीक वाइफाइ सुरु गर्ने योजना कम्पनीले बनाएको थियो। ‘केही ठाउँमा परिक्षणको समयमा समस्या देखिएकोले पर सारेका हौं,” रावलले भने । यो कम्पनीले काठमाडौंका ५० ठाउ“मा एन्टेना राखेर केबुल बिना सिधै इन्टरनेट चलाउन सकिने वाइफाइ सेवा दिने तयारी गरेको छ।
वाइफाइबाट इन्टरनेट चलाउँदा बिटिएस भएको ठाउँभन्दा तीनसय मिटर वरिपरि राम्रोसँग टिप्छ। यो भन्दा जति धेरै भयो सिग्नल उतिनै प्रभावकारी हुन्छ । ल्यापटपमा तीन अथवा यो भन्दा बढी सिग्नल भयो भने वाइफाइले निकै राम्रोसँग टिप्छ। यो भन्दा कमजोर सिग्नल भयो भने इन्टरनेट कनेक्सन प्रभावकारी नहुने प्राविधिकहरुले बताएका छन्। 
ब्रोडलिङकले अहिले परिक्षणको क्रममा २५६ किलोबाइट्स प्रति सेकेण्ड स्पिडको इन्टरनेट निशुल्क दिइरहेको छ । ब्रोडलिङक वाइफाईको सिग्नल देखिएको ठाउँमा ल्यापटपबाट जोडेर प्रयोग गर्न सकिन्छ। 
काठमाडौंमा हिमालटेकले पनि दुई महिना अघिदेखि व्यबसायीक रुपमा वाइफाई सेवा सुरु गरेको छ। अहिले ६ वटा मात्र बिटिएस बनाएर १२८ किलोबाइट्स प्रतिसेकेण्ड गतिको वाइफाइ मासिक पाँचसय रुपैयाँमा दिइरहेको छ।
‘सेवा विस्तारको क्रममा सामान ल्याउँदैछौं, त्यसपछि थप ठाउँमा पनि वाइफाइ सेवा दिन्छौं,” हिमालटेकका भुषण सिंहले भने । वाइफाइलाई अहिलेसम्म घरभित्र ताररहित रुपमा इन्टरनेट चलाउन मात्र प्रयोग गरिदै आएको थियो । इन्टरनेट सेवा प्रदायकहरुले अब यसलाई व्यबसायीक रुपमा सेवा सुरु गर्न लागिएको हो । 
काठमाडौं र सहरी क्षेत्रमा ल्यापटपका प्रयोगकर्ता बढेपछि उनीहरुलाई लक्षित गरेर व्यबसायीक वाइफाइ सुरु गरिएको हो । ल्यापटपबाट वाइफाइ इन्टरनेट चलाउँदा कुनै उपकरण (डिभाइस) चाहिदैन । ल्यापटप कम्प्युटरमा अटोमेटिक वाइफाइ सुविधा हुन्छ । केही महंगा एवं सुविधायुक्त मोबाइल सेटमा पनि वाइफाइ सुविधा राखिएको हुन्छ । 
वाइफाइ इन्टरनेट प्रयोग गर्न सर्च गरेर त्यसमा मागिने युजर आइडी र पासवर्ड प्रयोग गर्नुपर्छ। यसबाट ल्यापटप र मोबाइलका उपभोक्ताले काठमाडौंमा जहाँ बसेर पनि इन्टरनेट सेवा प्रयोग गर्न सक्छन् । युजर आइडी र पासवर्ड लिन प्रयोगकर्ताले शुल्क तिर्नुपर्छ । 
ब्रोडलिङकले अहिले परिक्षण चरणमा वाइफाइ निशुल्क दिइरहेको छ भने हिमालटेकले भने मासिक पाँचसय लिएर युजर आइडी र पासवर्ड दिन्छ । 
ब्रोडलिङकले भने मासिक शुल्क तोकिसकेको छैन । यो कम्पनीले काठमाडौंको न्यूरोड, महाराजगन्ज, पुतलीसडक, लाजिम्पाट, नयाँबजार, चाबहिल, कोटेश्वर, ललितपुरको सानेपा, पुल्चोक, जावलाखेल, भक्तपुरको गठ्ठाघरलगायत ५० ठाउँमा ब्रोडलिङकले एन्टेना राखिसकेको छ।
डेस्कटप कम्प्युटरबाट भने वाइफाइ इन्टरनेट चलाउन सकिँदैन। डेक्सटपमा वाइफाइ इन्टरनेट चलाउन युएसबी पोर्टमा राख्ने छुट्टै डिभाइस प्रयोग गर्नुपर्छ। त्यस्तो डिभाइस बजारमा एक हजार पाँचसय रुपैयाँमा विभिन्न मोडलका पाइन्छन् । ठूला कर्पोरेट हाउसहरुका निम्ति बिशेष प्याकेजमा वाइफाई ल्याउने तयारी ब्रोडलिङकको छ। त्यस्ता ब्यबसायीक घरानाको लागि छुट्टै डिभाइस हुन्छ। त्यसको प्रयोगले डेस्कटप कम्प्युटरमा पनि वाइफाइ चलाउन सकिन्छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

1 comment

Trackback URL | Comments RSS Feed

  1. bidur bhetwal says:

    haina kathmandu ma matrai
    ani JHAPA ma chaahi kahile ni
    ki jhapa ka manche le laptop nai chalaudainan ki kaso

     

Leave a Reply