मेचीनगर अनलाईन “३ घण्टा ह्याक” !!!
मेचीनगर अनलाइन
|
Thursday, August 19, 2010
|
0 comments
विगत तीन महिनादेखि मेचीनगर र आसपासका क्षेत्रको समाचारलाई अनलाईनमा समाचार सम्प्रेषण गरिरहेको मेचीनगर अनलाईन आज दिउँसो ३ घण्टा ह्याक भएको थियो । कुनै माध्यमबाट पासवर्ड मिलाएर वा अनलाईन ट्रिक गरी यो ह्याक गरिएको हुनसक्ने अनुमान गरिएको छ । ह्याक गर्ने जो सुकै भए पनि उसले अनलाईनलाई धेरै क्षतीभने पु¥याउन सकेन । उसले चाहेको भए अनलाईमा विध्वंस नै मच्चाउन सक्ने थियो तर अन्य कुराको ज्ञान भएपनि ब्लग सम्बन्धि ज्ञान अभाव भएको व्यक्तिबाट यो कार्य गरिएको समाचार पोष्ट गर्ने उसको तरीकाबाट प्रमाणित हुन आउँछ । हालसम्म समाचारहरु मात्र पस्किरहेको यो साइटले आगामी दिनमा साहित्य र संगीतलाई पनि समेट्ने लक्ष्य लिएको बताइएको छ । ब्लगको शुरुवात आजभन्दा तीनमहिना अगाडि मेचीनगर–५, धुलाबारी, झापा नेपाल निवासी टेकेन्द्र पौडेलले कतारबाट गर्नुभएको थियो । विभिन्न पत्रपत्रिकासँग सम्बन्धित पत्रकाररुको सहयोग र यसको नेपालका आधिकारीक व्यक्ति पवन पौडेलको दिगो र उच्च परिश्रममा यो ब्लग सञ्चालनमा रहेको थियो । हाल नेपाल तथा विदेशमा बस्ने धेरै नेपालीहरु यसको नियमित पाठकहरु हुनुहुन्छ भने संचारक्षेत्रमा राम्रो पहिचान बन्दै गएको अवस्था रहेको थियो । ब्लग ह्याक हुनुभन्दा पूर्व “मेचीनगरको खबर अब वेवसाइटमा” भन्ने समाचार राखिएको थियो । ह्याक भएपश्चात यो समाचार सहित ब्लगमा राखिएका अन्य चारवटा समाचारहरु स्थायीरुपमा मेटिएकाछन् भने हाम्रो बारेमा भन्ने ठाउँमा राखिएको मेचीनगर अनलाईनको लोगो परिवर्तन गरि नेपालको झण्डा राख्न ह्याकर सफल भएका थिए ।
ह्याक भएको कसरी थाहा भयो ?
नेपालबाट पवन पौडेल आफूले नियमित समाचार अपडेट गर्ने क्रममा ब्लग लगइन गर्न खोज्दा नभएपछि कतारस्थित टेकेन्द्र पौडेललाई सम्पर्क गर्न खोज्छन तर डयूटी पछिको आराम समयमा आराम गरिरेकोले सम्पर्क हुन सक्दैन । त्यसपछि पवनले कतारस्थित मेचीनगर अनलाईनका सहयोगी गणेश विमललाई सम्पर्क गरी ह्याक भएको खबर दिएका थिए । विमलीले सञ्चालक टेकेन्द्र पौडेललाई ह्याक भएको समाचार सुनाएका थिए । त्यसपछि पौडेलले आफूले ब्लग र यसको इमेल बनाउँदा प्रयोग गरिएका प्राविधिक प्रश्नावलीको आधारमा तीन घण्टापछि पुनः पासवर्ड रिसेट गर्न सफल भएका थिए । कुनै गलत उद्देश्यले यो कार्यगर्न कोशिस गरीएको भएता पनि पूर्णतः सफल हुन नपाएको संचालक टेकेन्द्र पौडेलले बताउनु भयो ।
ह्याक पछि ब्लगमा परिवर्तित केही फोटोहरु :
Filed Under: समाचार




0 comments
Trackback URL | Comments RSS Feed