इलाम मदिरा मुक्त जिल्ला
मेचीनगर अनलाइन
|
Friday, August 20, 2010
|
0 comments
नगरका युवादेखि जनताको सेवा कसम खाएका सरकारी कर्मचारीसम्म मधिराले मस्त हुन थालेपछि इलामका युवा मदिरा मुक्त जिल्ला घोषणा गर्न संक्रिय भएका छन् । मधिरा मुक्त जिल्ला घोषणाका लागि युवाहरुले दबाब समुह समेत गठन गरेका छन् । युवामा स्वास्थ्य अधिकार तथा सुर्तीजन्य बस्तु नियन्त्रणका लागि जिल्ला संञ्जाल इलाम र प्राथमिक स्वास्थ्य सेवा श्रोत केन्द्र काठमाडौको सहयोगमा मदिरा मुक्त जिल्ला घोषणा गर्न युवा समुह गठन भएको हो ११ सदस्य समुहको अध्यक्षमा रोहन आचार्य रहेका छन् । समुहको सदस्यमा मनिस गौतम, उद्धव देवान, दिपेश राई, दिलमणि मुखिया, सन्दिप नेम्बाङ्ग, ठाकुर मुखिया रहेको महिला जागरण संघ इलामका प्रमुख प्रकास पाख्रेलले बताउनुभयो । मदिरा नियन्त्रणका लागि समूहले इलाम सदरमुकाममा आइतबार र बिहिबार सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको छ । समुहले जिल्ला प्रशासन र प्रहरी कार्यलयको समन्वयमा जिल्लाका सरकारी कार्यलय मधिरा निषेधित क्षेत्र घोषणा गर्न पहल गर्ने अध्यक्ष रोहन आर्चायले बताए ।
मदिराजन्य बस्तु प्रयोग गर्दा अरुको स्वास्थ्य असर पर्ने सार्वजनीकस्थलको पहिचान गरि समुहले सो स्थानमा मदिराजन्य बस्तु प्रयोगमा रोक लगाउने छ । युवामा स्वास्थ्य अधिकार तथा सुर्तीजन्य बस्तु नियन्त्रणका लागि जिल्ला संञ्जाल इलामले यसअघि जिल्लाका सार्वजनीकस्थलमा होडिङ्ग बोर्ड राख्दै आएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed