ध्वस्त संरचनाको निर्माण सुरु
मेचीनगर अनलाइन
|
Saturday, August 21, 2010
|
0 comments
प्रकाश पौडेल विर्तामोड भदौ ५/
दशवर्षे जनयुद्धका क्रममा ध्वस्त भएका भौतिक संरचनाको निर्माणकार्य प्रारम्भ एको छ । शान्ति तथा पुनर्निमाण मन्त्रालयको सहयोगमा उक्त कार्य सुरु गरिएको हो । निर्माणाधिन अवस्थामा रहेका भौतिक संरचनामा उपस्वास्थ्य चौकि महारानीझोडा अनारमनीस्थित देवी माध्यामिक विद्यालय र १० वटा गाविस कार्यलय रहेका छन् ।
| Add caption |
निर्माणाधिन गाविस कार्यालयहरुमा धाइजन पृथ्वीनगर पाठामारी अर्जुनधारा सुरुङ्गा, घरमपुर, टाघनडुव्वा, गौरादह र कोरोबारी छन् । द्वन्द्वकालमा क्षति भएका केचना र लखनपुर गाविस भवन भने स्थानीय बासिन्दाले नै निर्माण थालेका छन् ।
द्वन्द्वकालमा झापामा ३६ वटा गाविस र १ वटा नगरपालिमा क्षतिग्रस्त हुँदा करोडौंको नोक्सानी भएको थियो । मन्त्रालयले दोस्रो चरणको निर्माणका लागि पाँचगाछी, चकचकी, राजगढ, शान्तिनगर, शिवगञ्ज, जलथल, हल्दिवारी, जुरोपानी, बुधबारे र दुवागढी गाविस पूर्णरुपमा क्षति पुगेको हुँदा भवन निर्माणार्थ ५० लाख रुपैयाँका दरले रकम माग गरिएको तथा वैगुनधुरा, ज्यामिरगढी, तोपगाटी, बनियानी, कोहभारा र गोलधाप गाविसमा आंशिक क्षति पुगेकाले प्रतिगाविस २० लाख रुपैयाँका दरले रकम माग गरिएको समाचार स्रोतमा बताइएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed