सरकारद्धारा रोक लगाईएका सिमेन्ट खुलेआम विक्रि
मेचीनगर अनलाइन
|
Saturday, August 21, 2010
|
0 comments
विर्तामोड ६ भाद्र, सरकाले उत्पादन र बिक्री वितरणमा रोक लगाएका सिमेण्ट झापामा छ्याप्छ्याप्ती विक्रि वितरण भैरहेका छन्
तीन पटकसम्म नमूना परक्षिण गर्दा तीनै पटक गुणस्तरहीन पाइएका जगदम्बा, त्रिशक्ति लगायतका सिमेण्ट झापाको विर्तामोड लगायतका बजारमा छ्याप्छ्याप्ती पाइएका हुन् । उत्पादन तथा विक्री बन्द गराइएका सिमेण्टमा जगदम्वा सिमेण्ट उद्योगको जगदम्बा सिमेण्ट, नारायणी सिमेण्ट उद्योग वीरगञ्जको त्रिशक्ति सिमेण्ट, अव्बुजा सिमेण्ट उद्योग भैरहवाको सुपर क्वालिटी सिमेण्ट, रिलायन्स सुपर शक्ति सिमेण्ट, अग्नि सिमेण्ट र बुटबल सिमेण्ट उद्योगको निर्माण सिमेण्ट छन् ।वाणिज्य विभागले ती सिमेृण्टलार्य उत्थ्पादन र विक्री वितरणमा रोक लागउको भए पनि विर्तामोडका गर्ग हार्डवेयर, भ्रमण ट्रेडिङ, गणेश हार्डवेयर लगायतका अधिकांश विक्रेताले शनिबारसम्म जगदम्वा र त्रिशक्ति सिमेण् बेचिरहेका थिए । बजारमा गुणस्तर पुर गरेका स्थानीय सिमेण्ट शनिबार प्रतिबोरा रु ५ सय १० रुपैयाँमा विक्री भैरहेको छ भने गुणस्तरहीन सिमेण्ट रु ५ सय ५० रुपैयाँमा विक्री वितरण भैरहेको मेचीनगर अनलाईनको विर्तामोड प्रतिनीधि प्रकाश पौडेलले भेटेका छन् । सरकाले गुणस्तहीन भनेर रोक लगाएका सिमेण्टलाई स्थानीय व्यापारीले गुणस्तरीय सिमेण्ट भनेर सर्वसाधारणलाई ठगीरहेको पाइएको छ ।
झापामा उत्पादित गुणस्तरीय सिमेण्ट भन्दा ती सिमेण्टले बढी कमिसन दिने भएकाले व्यवसायीहरुले गुणस्तरीय सिमेण्ट भनी स्थानीयलाई ठगी गरिरहेका छन् । हाम्रा विर्तामोड प्रतिनीधि प्रकाश पौडेलले वाणिज्य विभागका निरीक्षण अधिकृत कमलबहादुर थापालाई फोन सम्पर्क गरी यसको बारेमा जानकारी गराउँदा तत्कालै कार्वाही गर्ने बताउनु भएको छ ।
सरकारले केही समययता गुणस्तरमा ध्यान दिएर कार्वाही अगाडी बढाएपनि झापामा प्रभावकारी बजार अनुगमन नहुँदा उपभोक्ता ठगीने क्रम रोकिएको छैन । ‘जगदम्वा, त्रिशक्ति लगायतका सिमेण्टले बनाएका कमजोर घर भत्किए त्यसको जवाफदेही को हुने ?’ प्रश्न निकै गम्भिर छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed