• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मिनी दरबारबाट सेना फिर्ता

विर्तामोड ७ भाद्र पूर्व राजपरिवारको मिनी दरबारको रुपमा परिचित केही समय अघिसम्म पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको झापाको दमस्थित हिमालय गुडरिकमा रहेको नेपाली सेनाको गुल्म आइतबारबाट हटाइएको छ । 
केही समयअघि सम्म बगानमा सुरक्षा दिदै सेना । फईल तस्विर
माओवादी सशस्त्र  जनयद्धका बेला २०५८ सालमा संकटकाल घोषणा गरिएको समयमा दमक क्षेत्र र राजगमार्गको सुरक्षाका लागि स्थापना गरिएको गुल्मका इन्द्रध्वज गण चारआलीका क्याप्टेनको कमाण्डमा ७० बढी सेना तैनाथ थिए । सरकारको निर्णय अनुसार सो क्षेत्रमा सुरक्षाका लागि अन्य पोष्ट स्थापना भइसकेकाले आइतबारबाट उक्त गुल्मलाई फिर्ता बोलाइएको गणका गणपति टीका गुरुङले मेचीनगर अनलाइनलाई फोनमार्फत जानकारी गराउनुभयो ।
तत्कालिन राजपरिवारले २०१८ सालमा स्थापना गरेको हिमालयन गुडरिक चिया बगान त्यहाँ भित्रको मिनी दरबारको सुरक्षा समेत सेनाले गर्दै आएको थियो । मुलुकमा राजतन्त्रको अन्त्य र गणतन्त्र उदयसँगै पूर्व राजा ज्ञानेन्द्रको स्वामित्वमा रहेको उक्त चिया वगान कम्पनीमार्फत हिमालयन महाकाली टी गार्डेनमा रुपान्तरण भैसकेको छ ।
आइतबार साँझ गुल्म दमकबाट पैदलै गणतर्फ प्रस्तान गरेको र राति झिलझिलेमा बसी आज मात्र चारआली आइपुग्ने गुरुङले जानकारी दिनुभयो । 
बगानले कर तिरेन
सो बगानले राज्यलाई तिर्नुपर्ने कर नबुझाएको वर्षां बितिसक्यो  पटक-पटक पत्राचार गर्दा पनि बगानले कर नबुझाएको दमक नगरपालिकाले जनाएको   पूर्वराजा ज्ञानेन्द्रसहित शाही परिवारको लगानी रहेको बगानले पाँच वर्षदेखि कर नतिरेको दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले बताए 
सरकारले ०६२ मा एकीकृत सम्पत्ति कर लागू गरेपछि शाही लगानीको सो बगानलाई पनि करको दायरामा ल्याउने निर्णय स्थानीय राजनीतिक संयन्त्रको बैठकले गरेको थियो  दमक नगरपरिषद्को बैठकले बगानको सम्पत्ति २० करोड बराबरको भएको मूल्यांकन गरी कर बुझाउन आग्रह गरेको नगरपालिकाका लेखापाल भरत गौतमले बताए 
परिषद्को मूल्यांकनबमोजिम बगानले दमक नगरपालिकालाई करबापत वाषिर्क तीन लाख ६० हजार रुपैयाँ बुझाउनुपर्छ  तर, बर्सेनि कर नबुझाएकाले जरिवानासमेत जोडेर २० लाख रुपैयाँभन्दा बढी भइसकेको   अघिल्लो साउन पहिलो साताभित्रमा बगानले नगरपालिकामा कर बुझाउने बताए पनि हालसम्म नबुझाएको गौतमले जानकारी दिए यसपटक आफ्नो सम्पत्तिको आफैँ मूल्यांकन गरी कर तिर्न आउन भनेका थियौँ,’ लेखापाल गौतमले भने, ‘अवसर दिँदा पनि बगान व्यवस्थापन लामो समयदेखि सम्पर्कमा आएको छैन दमक- १५ मा पाँच सय ७६ बिघा क्षेत्रफलमा फैलिएको चियाबगानमा मिनी दरबार अन्य भौतिक संरचना छन्  पूर्वराजा महेन्द्रले ०१८ मा आफ्ना भाइ हिमालयको नाममा सो चियाबगान स्थापना गरेका थिए

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply