मासु पसललाई व्यवस्थित गरिने
मेचीनगर अनलाइन
|
Saturday, August 21, 2010
|
0 comments
पवन पौडेल विर्तामोड भदौ ६
झापमा बजारमा अव्यवस्थित मासु व्यापार भइरहेको गुनासो उपभोक्ताबाट आईरहेको अवस्थामा पुर्वकै व्यापारिक केन्द्र विर्तामोडस्थित कृषि उपज बजारमा भने मासु विक्री वितरणलार्य व्यवस्थित गर्न थालिएको छ ।
कृषि उपज बजार स्थल समिति र स्थानीय उपभोक्ताको ५० प्रतिशत लगानी तथा सामुदायिक पशु विकास आयोजनाको ५० प्रतिशत लगानीमा मासु बजार व्यवस्थित गर्ने कार्य लागु गरिएको हो ।
त्यसै अन्तरगत कृषि उपज बजारभित्र संचालित कुखुराको मासु व्यापारीमध्धे १० जनालाई फ्रिज वितरण गरिएको समितिका सचिव सुरजकुमार विमलीले जानकारी दिनुभयो ।
![]() |
| विर्तामोड कृषि उपजमा अव्यवस्थित तरिकाले राखिएको माशु । |
बजारभित्र सञ्चालित खसी, राँगा, बँगुरको मासु विक्रेतालाई पनि केही समयपछि फ्रिज उपलव्ध गराउने लक्ष्य समितिले राखेको छ । मासु विक्रीका क्रममा उत्पादित फोहोर व्यवस्थापन र थप टहरा निर्माणसमिहत ५० लाखको अनुमानित लागत स्टमेट गरिएको र सामुदायिक पशु विकास आयोजनाबाट स्वीकृत भएपछि सो कार्यक्रम सञ्चालन गरिने पनि सचिव विमलीले मेचीनगर अनलाईनलाई जानकारी दिनुभयो ।
समितिले यसअघि लगभग १७ लाखको लगानीमा १० वटा कुखुराका ११ ओटा खसीका, ४ वटा बँगुर र ४ वटा राँगाको मासु विक्रीका लागि स्थानीयस्तरबाट ५० प्रतिशत र आयोजनाको ५० प्रतिशत लगानीमा पक्की टहरा निर्माण गरिसकेको छ ।
हाल संञ्चालति खसी, राँगा, बँगुरका मासु विक्रेतार्ला पनि निकट भविष्यमा फ्रिज वितरण गर्ने लक्ष्य समितिले राखेको उहाँले बताउनुभयो ।
समितिले यसअघि कमर्सियल एग्रीकल्चर एलान्स, जिल्ला विकास समिति र स्थानीय व्यापारी तथा समितिको साझेदारी कार्यक्रममा फलपूmल र तरकारी विक्रीकमा लागि व्यवस्थित टहरा निर्माण कार्य सम्पन्न गरिसकेको छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed