सामुदायिक वनमा उपभोक्ताद्वारा तालामाथि ताला
मेचीनगर अनलाइन
|
Sunday, August 22, 2010
|
0 comments
विर्तामोड भाद्र ७/ चारआलीमा रहेको प्रगति सामुदायिक वनमा अनियमितता भएको भन्दै उपभोक्ताले कार्यालयमा तालामाथि ताला लगाएका छन् ।
शनिश्चरे, दुहागढी र धाइजन गाविसमा रहेको वन समितिले तीन वर्षसम्म आय–व्यय सार्वजनिक नगरेर अनियमितता गरेको भन्दै आक्रोशित उपभोक्ताले छुट्टाछुट्टै समयमा दुईपटक तालाबन्दी गरेका हुन् ।
| कार्यालयमा ताला लगाउँदा उपभोक्ताहरु |
सामुदायिक वनका अध्यक्ष हरी लामा समक्ष हिसाव किताव सार्वजनिक गर्न माग गर्दै पटक पटक लिखित एवं मौखिक आग्रह गरेपनि आलटाल गरेकाले तालाबन्दी गरिएको उपभोक्ता रामकृष्ण श्रेष्ठले मेचीनगर अनलाईनका विर्तामोड प्रतिनिधी प्रकाश पौडेललाई बताएका छन् ।
गत बिहीबार हिसाब सार्वजनिक गर्न माग गर्दै धाइजन गाविसको ४० जना उपभोक्ताले वन कार्यालयमा ताला लगाएका थिए । तालाबन्दीबाट सामुदायिक वनको प्रशासन प्रभावित भएको भन्दै शनिश्चरेका उपभोक्ताले आइतबार पुनः तालाबन्दी गरेका छन् । उपभोक्ताबाट डिल्ली अधिकारीले समितिका अध्यक्ष लामाको संलग्नतामा घाटगद्दीबाट लकडी हराउने, जंगलबाट नै रुख हराउने आरोप लगाएका छन् ।
उपभोक्ताले वनमा अनियमितता भएको भन्दै हस्तक्षेपका लागि जिल्ला वन कार्यालय अन्तगर्तको चारआली रेञ्जपोष्टमा ज्ञापनपत्र समेत बुझाएका छन् । यता अध्यक्ष लामाले १५ दिनभित्र सामुदायिक वनको हिसाव किताव मिलान गर्ने बताउनुभएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed