‘टोलबासीले घेरे नगरपालिका’
मेचीनगर अनलाइन
|
Sunday, August 22, 2010
|
0 comments
इटाभट्टा, ७ भदौ / विकास–निर्माणमा उपेक्षा गरिएको भन्दै मेचीनगर–१० स्थित भानुटोलका बासिन्दाले आइतबार नगरपालिका कार्यालय घेराउ गरेका छन् ।
करीब ४ सयको संख्यामा आएका टोलबासीले नगरपालिकासमक्ष विकास–निर्माणमा प्राथमिकता प्रदान गर्न लिखित माग गरे ।
![]() |
| फाईल तस्विर :- मेचीनगर नगरपालिका |
उनीहरुले नगरपालिकाका इञ्जिनियर कमल कोइरालालाई बुझाएको ज्ञापनपत्रमा नगरपालिकाले अन्य टोलको तुलनामा भानु टोलमा ९५ प्रतिशत कम बजेट पठाएको उल्लेख छ । ‘हामीले जनता के चाहन्छन् भनेर नगरपालिकाको ध्यानाकर्षण गराएका हौं’, घेराउको अगुवाई गर्ने गोपालप्रसाद शिवाकोटीले मेचीनगर अनलाईनका प्रतिनीधि प्रकाश पौडेलसँग भने ‘माग पूरा गरिएन भने आन्दोलनमा जान्छौं ।’ इञ्जिनियर कोइरालाले आगामी शनिबारसम्ममा सर्वदलिय संयन्त्रको बैठकमा टोलबासीमा माग पुर्याइदिने आश्वासन दिएको शिवाकोटीले बताए ।
टोलबासीले विगत वर्षमा पनि नगरपालिकाको ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको बताएका छन् । टोलमा सडक ग्राभेल हुनुपर्ने, ढल निकासको व्यवस्था हुनुपर्ने, विद्युत भोल्टेज सुधार हुनुपर्ने भानुटोलबासीको माग छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed