• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

झापाका घरेलु उद्योगमा ५ अर्बभन्दा बढीको लगानी

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरमा दर्ता भएका ५ हजार ४ सय ७१ वटा फर्ममा ५ अरब भन्दा बढी पूँजी  लगानी       भएको छ ।
घरेलु कार्यालयमा अघिल्लो आर्थिक बर्षसम्ममा ३ हजार १ सय ५७ वटा उद्योग दर्ता भएका थिए भने १ हजार ४ सय १ वटा वाणिज्य फर्म दर्ता भएका थिए । यसैगरी गएको आर्थिक बर्षमा ३ सय ३१ वटा नयाँ उद्योग दर्ता भएका छन् भने ५ सय ५२ वटा वाणिज्य फर्म दर्ता भएका छन् । गएको आर्थिक बर्षमा दर्ता भएका उद्योगको कूल पूँजी ३१ करोड ४६ लाख ९७ हजार देखिएको छ । वाणिज्यको कारोबार गर्नेले ५० लाख सम्मको स्थिरपूँजी भएको फर्म घरेलुमा दर्ता गर्न पाउँछन् । यसैगरी डेढ करोडसम्म स्थिरपूँजी भएको उद्योग घरेलुमा दर्ता हुन्छ । ५० लाख भन्दा बढीको वाणिज्य फर्म वाणिज्य विभागमा र डेढ करोड भन्दा बढीको स्थिरपूँजी भएको उद्योग, उद्योग विभागमा दर्ता गर्नुपर्ने प्रावधान  छ । घरेलु कार्यालयमा करोडौं लगानी गरेर सञ्चालित उद्योग दर्ता छन् । तर, कर धेरै लाग्ने डरले अधिकांश उद्योगले थोरैपूँजी देखाउने गरेका छन् । इटाभट्टा, चियाखेती, ठेक्कापट्टा, फर्निचर, क्रसर उद्योग पनि घरेलुमा दर्ता हुने गरेका छन् । एउटै उद्योगले करोडौं पूँजी लगानी गरेका छन्् । तर कागजी रुपमा थोरै मात्र देखाउने गरिएको घरेलु प्रमुख कृष्णप्रसाद भण्डारीले बताउनु भयो ।

झापामा गतबर्ष भएको तथ्यांकलाई आधार मानेर हेर्ने हो भने प्राइभेट फर्म सञ्चालनकले आयकर र भ्याट लगायतका कर छल्ल थोरै पुजी देखाउने गरेका हुन् । झापामा गत आर्थिक बर्षमा दर्ता भएका ३ सय ६१ वटा उद्योगबाट ७ लाख ४६ हजार ८ सय राजश्व असुली भएको छ भने वाणिज्य  फर्म दर्ताबाट ९ लाख  ९७ हजार ३ सय ८७ रुपैयाँ असुली भएको घरेलु कार्यालयका नायव सुब्बा रुद्र कार्कीले जानकारी दिनु भयो । गएको आर्थिक बर्षमा तालिम केन्द्र लगायतका १ सय ८६ वटा सेवामुलक उद्योग दर्ता भएका थिए । यसैगरी १ सय ७३ वटा उत्पादनमुलक उद्योग दर्ता भएका थिए । उर्जा, खनिजमा भने एउटा पनि उद्योग दर्ता भएनन् । पर्यटन, उर्जा, कृषि तथा वन्यजन्तुमा एक÷एक  वटा उद्योग मात्र दर्ता भएका छन् । घरेलु कार्यालयमा बर्षेनी करोडौं पूँजी भएका उद्योग दर्ता भएपनि ती उद्योग चले–नचलेको विषयमा घरेलु कार्यालयले कुनै चासो राख्ने गरेको  छैन ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply