• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

अब नेपालका मालबाहक ट्रकहरु सिधै बंगलादेश

बंगलादेश र नेपालबीच केही समय अघि भएको बाणिज्य सचिवस्तरीय वार्तामा भएका सहमतिहरुको कार्यान्वयनमा नेपाल बंगलादेश व्यापारमा सम्बद्ध व्यापारीहरुले जोड दिएका छन् ।
नेपालका मालबाहक ट्रकहरुलाई बंगलादेशको सुख्खा बन्दरगाहसम्म पुग्न दिने, काँकडभिट्टा–पानीटंकी–फुलबारी–बंगलाबन्द मार्गलाई अधिक्तम प्रयोगमा ल्याउने कार्यमा गत जुलाई १५ तारिख बंगलादेशको राजधानी ढाकामा भएको दुई देशबीचको वार्तामा सहमति भएको थियो ।
बंगलादेशको राजधानी ढाकामा नेपाल र बंगलादेशबीचको बाणिज्य सचिव स्तरीय वार्तामा भएका सहमतिको केही महिना भित्र कार्यान्वयन गर्ने आश्वासन नेपालका लागि बंगलादेशका राजदूत डा नीमचन्द्र भौमिकले दिएका थिए । तर सहमति भएको एक महिना वितिसक्दा पनि कार्यान्वयन भएको छैन । 

ढाकामा बंगलादेश र नेपालबीचको सचिव स्तरीय वार्तामा आयात निर्यात बढाउन नेपालका मालबाहक ट्रकहरुलाई बंगलादेशका सुख्खा बन्दरगाहसम्म पुग्न दिने, काँकडभिट्टा–पानिटंकी–फुलबारी–बंगलाबन्द मार्ग अधितम प्रयोगमा ल्याउने लगायतका सहमति भएको थियो ।
नेपालबाट विशेषगरी दाल, चिरैतो र अदुवा बंगलादेश निर्यात हुने गर्दछ भने सीसा, कपडा, पेय पदार्थ, ब्याट्री बंगलादेशबाट आयात हुने वस्तुहरु हुन् । करीब १४ बर्षअघिदेखि बंगलादेशसंग सीधा व्यापार गर्न नेपाललाई पूर्वी नाका काँकडभिट्टा देखि बंगलादेशको बंगलाबन्दसम्म पुग्न भारतले बाटो दिएपछि बंगलादेशसंगको व्यापारिक लेनदेन अहिले बढदो अवस्थामा छ । तर नेपालबाट सामान बोकेर गएका ट्रकहरु अहिलेपनि सिधै बंगलादेश छिर्न पाउँदैनन् । अहिलेसम्म जति व्यापारिक लेन देन भए अत्यन्तै दुखपूर्ण भएको भन्दै सहमतिको कार्यान्वयनमा नेपालका व्यापारीहरुले जोड दिएका छन् । एकजना व्यापारी विजय डालमिया, “सहमति गरेर मात्र हुँदैन त्यस्लाई लागु समेत गर्नु पर्छ । होईन भने त के अर्थ भो र । तर हामी आशाबादी छौं चाँडो भन्दा चाँडो सहमति कार्यान्वयन होस् ।
तर भारत बंगलादेश सीमामा भोग्नु पर्ने अप्ठ्याराहरुको समाधानमा अझैपनि ढुक्क हुन सक्ने अवस्था नरहेको बताउँछन् मेची उद्योग वाण्ँिज्य संघका अध्यक्ष केशव पाण्डे भन्छन्, “केही उपलब्धिहरु पाईन्छ कि भन्ने कुरा देखिएको छ तर जब सम्म हाम्रा मालबाहक ट्रकहरु बंगलादेश छिर्द पाउँदैनन् तब सम्म विश्वास गर्न सकिंदैन ।
नेपाल र बंगलादेशबीचको कुराकानीले व्यापारको वातावरण केही सहज बनाएपनि सामान ओसार पसारमा भारतको बाटो प्रयोग गर्नु पर्ने हुनाले तीनवटै देशबीच त्रिपक्षीय सम्झौता नगरी सुख नहुने आयात निर्यातमा संलग्न व्यापारीहरु बताउँछन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply