• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पत्रकारद्धारा विरोध प्रदर्शन

काकडभिट्टा ८ भदौ धरानका पत्रकार लिलानाथ घिमिरेलाई कुटपिट गर्न निर्देशन दिने कोशी अञ्चलका प्रहरी प्रमुख मिङमार लामामाथि कावार्हीको माग राख्दै झापाली पत्रकाहरुले सोमबार विरोद्ध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ झापाको आवह्नमा झापाली पत्रकारहरुले काकडभिट्टामा विरोद्ध प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा ज्ञापनपत्र बुझाएका थिए । 
आन्दोलनमा उत्रिएका झापाली पत्रकाहरु 
काकडभिट्टामा              फोटो :- मेचीनगर अनलाईन
काकाडभिट्टामा भेला भएका झापाली पत्रकाहरुले निकालेको विरोध जुलुश बजार परिक्रमा पछि पिपलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्वोधन गर्दै पत्रकार महासंघ झापाका अध्यक्ष मोहन काजी, सचिव गणेश पोखरेल, नेपाल प्रेस युनियनका अध्यक्ष भिम
नेम्वाङ, क्रान्तिकारी पत्रकार संघ झापाका अध्यक्ष तारामणी सापकोटा, आदीवासी जनजाती पत्रकार संघ झापाका अध्यक्ष इन्द्रजीत मुखिया, नेपाल प्रेस चौतारी झापाका पूर्व अध्यक्ष माधव विद्रोही लगातयका सञ्चारकर्मीले सुरक्षाका लागि खटिएका प्रहरी प्रशासनका प्रमुख आफैले सञ्चारकर्मीमाथि  आक्रमण गरेर लोकतन्त्रको धज्जी उडाएको बताए ।
साउन ३० गते धरानको एक रेष्टुरेन्टमा नाचगानमा मस्त रहेका एसएसपी लामाले समाचार संकलन गरेको भन्दै गुण्डा लगाएर घिमीरेलाई रेष्टुरेन्टमै कुटाएका थिए । पत्रकार घिमिरेको मुद्दा प्रहरी प्रशासनले दर्ता गर्न नमानेपछि पत्रकारहरु विरोधमा उत्रेका हुन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply