झापामा ४ जनामा स्वाइनप्mलू
मेचीनगर अनलाइन
|
Monday, August 23, 2010
|
0 comments
विर्तामोड भदौं ८ झापा जिल्ला कारागारका ४ जना कैदी बन्दीमा स्वाइनप्mलू भेटिएको छ । पूवाञ्चल क्षेत्रिय निदेृशनालयबाट आएको ईपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा टोलीले कारागारका २ सय ३० जनाको स्वास्थ्य परिक्षण गरेको थियो ।
परिक्षण गरिएका मध्धे ८ जनाको ¥याल र सिंगान थप परीक्षणको लागि काठमाडौं लगेको थियो । परिक्षण गरिएका ८ जनामध्धे चार जनामा स्वाईनप्mलूको जीवाणु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले मेचीनगर अनलाईनलाई जानकारी दिएको छ ।
तर उनीहरुको नाम भने कार्यालयले खुलाउन चाहेन । स्वाईनप्mलूबाट ग्रसीत बिरामीहरुको स्वास्थ्यमा क्रमिक सुधार आएकाले रोग नियन्त्रण बाहिर नगएको कार्यालयले जनाएको छ ।बिरामीहरुको स्वास्थ्यकर्मीको संलग्नताको विशेष उपचार गराइरहेकोले यसबाट रोग बाहिर नफैलने र जिल्लाका अरु मानिसहरुलाई नआत्तिन पनि आग्रह गरेको छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed