• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सडक मर्मतको माग गर्दै यातायात अबरुद्ध

विर्तामोड भदौ ८ सडक मर्मतको माग गर्दै झापाका दुईवटा ग्रामीण सडकखण्डमा व्यवसायीहरुले मंगलबारदेखि अनिश्चितकालीन यातायात बन्द गराएका छन् । 
झापाको राजगढ सडकखण्डमा फसेको
गाडी . फाइल तस्विर:- मेचीनगर अनलाइन
सडक मर्मत नहुँदा यातायात सञ्चालनमा समस्या भएको भन्दै व्यवसायीहरुले लक्ष्मीपुर – राजगढ हुँदै घेरावारी जाने र चारपाने राजगढ सडकखण्ड अनिश्चितकालका लागि बन्द गराएका हुन् । सडकमा पानी जमेर खाल्टो भएका कारण यातायात सञ्चालनमा समस्या भएकाले ममर्तका लागि दवाव दिन बन्द गर्नु परेको यातायात व्यवसायी अर्जुन कटुवालले मेचीनगर अनलाईनका विर्तामोड प्रतिनीधि प्रकाश पौडेललाई फोन सम्पर्क गरी बताउनुभएको छ ।  १५ दिन अघि पनि सोही माग रा
खी व्यावसायीहरुले एक साता सो सडकखण्डमा यातायात अवरुद्ध पारेका थिए । यसक्रममा व्यवसायी, गाविस र राजनीतिक दलका प्रतिनिधि बसी तत्काल सडक मर्मत गर्नका लागि पहल गर्ने सहमति भएको थियो । सो सहमति कार्यान्वयन नभएको भनी पुनःमर्मतको माग गर्दै बन्द गर्नुपरेको व्यवसायीहरुले जानकारी दिएका छन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply